२० बैशाख २०८१, बिहिबार

धुम्बाराहीमा ओलीको अनुपस्थितिमा यसरी बस्यो आजको नेकपा स्थायी कमिटिको बैठक (फोटो फिचर)


धुम्बाराहीमा ओलीको अनुपस्थितिमा यसरी बस्यो आजको नेकपा स्थायी कमिटिको बैठक (फोटो फिचर)

काठमाडौँ । आन्तरिक विवादका विषयमा छलफल गर्न डाकिएको सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटीको बैठक केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको छ । बैठकअघि शीर्ष नेताबीच अनौपचारिक छलफल हुन सक्ने भनिएपनि कुनै सहमति र पूर्वतयारी विना बैठक बसेको थियो ।

हिजो शनिबारको सचिवालय बैठकले पार्टीभित्र उत्पन्न सङ्कट समाधानका लागि दुवै अध्यक्षले प्रस्तुत गर्नुभएको प्रतिवेदन (पत्र) स्थायी कमिटीमा लाने निर्णय गरेको थियो । यही मङ्सिर १३ गतेको बैठकमा प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गरेको लिखित जवाफ र त्यसअघि गत कात्तिक २८ गतेको बैठकमा अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रस्तुत गरेको लिखित प्रस्तावपत्रका सम्बन्धमा शीर्ष नेताबीच विवाद हुँदै आएको छ ।

ओलीले स्थायी कमिटी बैठकमा आफू उपस्थित हुन नसक्ने जानकारी पत्रमार्फत् पठाएका थिए । कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रस्तावमाथि औपचारिक रूपमा छलफल गर्न नसकिने उल्लेख गर्दै अध्यक्ष ओलीले पत्र पठाएका थिए ।

ओलीले पार्टीमा आफूविरुद्ध आएको प्रस्ताव सम्बन्धमा स्थायी कमिटीले विवेकपूर्ण निकास दिने विश्वास व्यक्त गरेका छन् । पार्टी स्थायी कमिटीको आजदेखि शुरु भएको बैठकमा लिखितपत्र पठाउँदै अध्यक्ष ओलीले गत कात्तिक २८ गते अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रस्तुत गरेको प्रस्तावले पार्टीभित्र असामान्य अवस्था सिर्जना भएको तथा पार्टीभित्रको नीतिगत बहसलाई शत्रुतापूर्ण अन्तरविरोधमा रुपान्तरित गरेको जनाएका छन् ।

अध्यक्ष ओलीले आफूलाई स्थायी कमिटीका सदस्यको सामूहिक विवेकमाथि विश्वास रहेको जनाउँदै गतः भदौ २६ गते उक्त कमिटीले पार्टीलाई यस्तै सङ्कटबाट सकुशल अवतरण गराएको पनि स्मरण गरेका छन् । अध्यक्ष ओलीको उक्त पत्र सचिवालय सदस्य ईश्वर पोखरेलले पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा आज बसेको स्थायी कमिटी बैठकमा वाचन गरेर सुनाएका थिए ।

पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले अध्यक्ष ओलीले बैठकलाई सम्बोधन गरेर आफ्नो अनुपस्थितिको कारण देखाउँदै पत्र पठाएको जानकारी दिए। अध्यक्ष ओलीले अध्यक्ष प्रचण्डको प्रस्तावलाई औपचारिक रूपमा बैठकमा छलफल गर्न नसकिने धारणा रहेको र त्यसै कारणले आफू बैठकमा नआएको उल्लेख गरेको प्रवक्ता श्रेष्ठले बताए । त्यसपछि कार्यकारी अध्यक्ष प्रचण्डले बैठकमा बोलेका थिए । उनले पार्टी संकटमा रहेको बताएका थिए ।

सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू पनि नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण गर्न तयार रहेको बताएका छन् । आज आइतबार पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको स्थायी कमिटीको बैठकमा बोल्दै प्रचण्ड गणतान्त्रिक प्रणाली र पार्टी एकतालाई संस्थागत बनाउन व्यक्ति र पद ठूलो कुरा नभएको बताएका हुन् ।

आज बसेको नेकपा स्थायी कमिटी बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित थिए । उनले आफू बैठकमा उपस्थित नहुनाको कारणसहित दुई पेजको पत्र पठाएका थिए । कोभिड-१९ को जोखिम रहेको र राजनीतिक दस्ताबेज पनि तयार नभएको भन्दै उनी बैठकमा नआएको बुझिएको छ । ओलीले स्थायी समितिको बैठकको औचित्य नभएको बताउँदै आएका छन् । मंसिर २८ गते फेरि बस्ने गरी आजको बैठक सकिएको छ ।
धुम्बाराहीमा ओलीको अनुपस्थितिमा यसरी बस्यो आजको नेकपा स्थायी कमिटिको बैठकधुम्बाराहीमा ओलीको अनुपस्थितिमा यसरी बस्यो आजको नेकपा स्थायी कमिटिको बैठकधुम्बाराहीमा ओलीको अनुपस्थितिमा यसरी बस्यो आजको नेकपा स्थायी कमिटिको बैठक धुम्बाराहीमा ओलीको अनुपस्थितिमा यसरी बस्यो आजको नेकपा स्थायी कमिटिको बैठक धुम्बाराहीमा ओलीको अनुपस्थितिमा यसरी बस्यो आजको नेकपा स्थायी कमिटिको बैठकधुम्बाराहीमा ओलीको अनुपस्थितिमा यसरी बस्यो आजको नेकपा स्थायी कमिटिको बैठक धुम्बाराहीमा ओलीको अनुपस्थितिमा यसरी बस्यो आजको नेकपा स्थायी कमिटिको बैठकधुम्बाराहीमा ओलीको अनुपस्थितिमा यसरी बस्यो आजको नेकपा स्थायी कमिटिको बैठक

तस्बिर : रोशन सापकोटा, रासस

यो पनि पढ्नुहोस्

नेकपा स्थायी कमिटीको अर्काे बैठक २८ गते

म पनि नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण गर्न तयार छु : प्रचण्ड

स्थायी कमिटीले विवेकपूर्ण निकास दिने अध्यक्ष ओलीको विश्वास

स्थायी कमिटीमा ओलीको पत्र, सत्यसँग लड्दिनँ, शक्तिसँग झुक्दिनँ (पत्रसहित)

धुम्बाराहीमा ओली बिनै नेकपा स्थायी समिति बैठक शुरु, आज के होला ?

ओलीलाई अर्को धक्का : साझा कार्यदलको प्रस्ताव सचिवालय बैठकबाट अस्वीकृत

अध्यक्ष र प्रधानमन्त्री दुवै पद छाड्दिन, स्थायी कमिटीको काम छैन : प्रधानमन्त्री ओली


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !