४ बैशाख २०८१, मंगलबार

डा. राम बहादुर बोहराको आजको तीतो अनुभव


डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

घटना केहि दिन पहिला मोटरसाइकल एक्सिडेण्डको रहेछ । मोटरसाइकल एक्सिडेण्ट भएर टाउकोमा चोट लागेको छ । टाउकोको मेजर अप्रेसनको तयारी हुन्छ । अप्रेसन गर्नलाई अभिभावकको खाँचो हुन्छ । तर यता लकडाउन छ छ, स्थानीय प्रशासनले यस्तो दु:खद घडीमा भेट्न जान दिन इजाजत दिन मान्दैन ।

सरकारले जनताको सेवाको मर्म भुलेको छ । लकडाउन आवश्यक छ यो पनि भुल्नुहुदैन तर उता पनि विरामी एकदम सिरियस छ । समय सवैभन्दा मुल्यबान हुन्छ । बन्दको अर्थलाई दुई तरिकाले सोच्नुपर्छ । कहाँ के को आवश्यक छ भन्ने कुरामा जोड दिनुपर्छ ।

एउटा व्यक्तिगत स्वार्थमा र अर्को आकस्मिक घटनामा कुन आवश्यक छ । यस्ता विषयको अनुसन्धान गर्ने जिम्मेवारी राज्यको हो । यस्ता कुरामा ध्यान जानुपर्ने थियो तर गएको देखिएन । मानिस के उद्धेश्य लिएर जादैछ भन्ने कुरा अनुसन्धानले देखाएको छ ।

देखीदेखी इजाजत दिन नमान्नु भनेको मान्छे मारे सरह ठहर्छ । नेपालमा रोग लागेर नभई लापरबाही र शक्तिको दुरुपयोगले मानिसको ज्यान गएको छ । आज नोबेल कोरोनाले मान्छे मरेका छैनन् तर लापरबाही भएमा मर्ने छन्, यसमा दुईमत छैन ।

देखीदेखी इजाजत दिन नमान्नु भनेको मान्छे मारे सरह ठहर्छ । नेपालमा रोग लागेर नभई लापरबाही र शक्तिको दुरुपयोगले मानिसको ज्यान गएको छ । आज नोबेल कोरोनाले मान्छे मरेका छैनन् तर लापरबाही भएमा मर्ने छन्, यसमा दुईमत छैन ।

यो घटनाले एउटा कुरा के देखाउछ भने नेपालमा मानवता समाप्त भएको छ । कलियुगले जरा गाड्दैछ । मानिसको मृत्युबरण गराउन मानिस नै लागेका छन् । के ठिक के वेठिक भन्ने कुरातर्फ भन्दा पनि आ-आफ्नो कानुन लादन मानिसले शक्तिको दुरुपयोग गर्दैछन् ।

नेपालमा मानवता समाप्त भएको छ । कलियुगले जरा गाड्दैछ । मानिसको मृत्युबरण गराउन मानिस नै लागेका छन् । के ठिक के वेठिक भन्ने कुरातर्फ भन्दा पनि आ-आफ्नो कानुन लादन मानिसले शक्तिको दुरुपयोग गर्दैछन् ।

एउटा दु:खी गरीवको कुरा सुन्ने यहाँ कोही छैन । यहाँ उपचार नपाएर मानिस त्यसै मर्दैछन् । यहाँ सुन्नेवाला कोही छैन । जसलाई जे पर्यो-पर्यो, उ मरोस् या बाचोस्, उ स्वयम्अ, अजर अमर भएर जन्मेको छैन तर पनि उ ठूलो मान्छे उसमा अहमता छ, घमण्ड छ ।

एउटा दु:खी गरीवको कुरा सुन्ने यहाँ कोही छैन । यहाँ उपचार नपाएर मानिस त्यसै मर्दैछन् । यहाँ सुन्नेवाला कोही छैन । जसलाई जे पर्यो-पर्यो, उ मरोस् या बाचोस्, उ स्वयम्अ, अजर अमर भएर जन्मेको छैन तर पनि उ ठूलो मान्छे उसमा अहमता छ, घमण्ड छ ।

उ यो धर्तीको सवैभन्दा ठूलो सम्झन्छ । अरूको समस्या बुझ्ने मानिस हमेसा अगाडि हुन्छ, जसले घमण्ड गर्छ एकदिन उसलाई झन ठूलो समस्या आइलाग्न सक्छ । सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामयाः, सर्वे भद्राणि पश्यन्तु मा कश्चिद् दुःख भाग्भवेत् । ॐ शान्ति: शान्ति: शान्ति: !

यो पनि पढनुहोस् 

लकडाउन भनेको के हो ?

मानिसले किन घमण्ड गर्छन् ?

घमण्डले आफूलाई मात्र नभएर क्षति गर्छ अरूलाई पनि

इतिहास पल्टाउदा १९ अंकबारे यस्तो छ रोचक जानकारी

नेपालको जलस्रोतको सहि सदुपयोग गरे देश सम्पन्नशाली हुने

देशको विकास र सम्वृद्धिको लागि सरकारले ध्यान दिनुपर्ने १२ बुँदाहरु

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर, साइन्स इन्फोटेकका सल्लाहकार तथा नेपालपत्रको स्वास्थ्य स्तम्भकार तथा पत्रकार हुनुहुन्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !