३ जेष्ठ २०८२, शुक्रबार

शिक्षामन्त्री विद्या भट्टराईले दिइन् राजीनामा


विद्या भट्टराई

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले राजीनामा दिएकी छन् । उनले आज सोमबार अपरान्ह प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर राजीनामा पत्र बुझाएकी हुन् ।

शिक्षकहरूले लगातार विभिन्न माग राखेर आन्दोलन गरिरहेका वेला शिक्षामन्त्री भट्टराईको राजीनामा आएको हो । विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै शिक्षकहरूले चैत २० देखि काठमाडौंकेन्द्रित प्रदर्शन जारी राखेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !