३ जेष्ठ २०८२, शुक्रबार

अध्यक्षसहित नेताहरु पक्राउपछि राप्रपाको आकस्मिक बैठक बस्दै


राप्रपाको पार्टी कार्यालय

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को आकस्मिक बैठक बस्न लागेको छ । पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनसहित नेताहरु पक्राउपछि राप्रपाको आकस्मिक बैठक बस्न लागेको हो ।

पार्टी कार्यालयमा केन्द्रीय कार्यसम्पादन समितिको अनौपचारिक वैठक बोलाइएको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए । पार्टी प्रवक्ता मोहन श्रेष्ठले राजसंस्थाको पुनर्स्थापना, संघीयताको खारेजी, भ्रष्टाचारलगायतको विरोधमा आयोजना गरिएको प्रदर्शन सम्पन्न भएको बताए ।

राप्रपाका नेता कार्यकर्ता बिजुली बजारमा भेला भएर नाराबाजीसहित प्रदर्शनमा सहभागी भएका थिए । सो क्रममा बिजुली बजारबाट नयाँ बानेश्वरस्थित निषेधित घेरा नजिक पुगेर कार्यकर्ताहरु प्रदर्शनमा सहभागी भएका थिए ।

बैठकमा आजको जनप्रदर्शनको समिक्षा र आगामी रणनीतिबारे छलफल हुने बताइएको छ । आज सिंहदरबारभित्रै प्रदर्शन गरेका राप्रपा अध्यक्ष लिङदेनसहित ७ जना नेताहरुलाई प्रहरीले पक्राउ गरेको थियो । उनीहरुलाई प्रहरी परिसर भद्रकालीमा राखिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !