
काठमाडौँ । विश्वकै नम्वर १ सेक्युरिटी कम्पनी जि फोर एस नेपाल (G4S Nepal) मा २०० जनालाई रोजगारीको सुवर्ण अवसर खुलेको छ । ISO 9001 : 2015 प्रमाणित अन्तर्राष्ट्रिय मान्यता प्राप्त जि फोर एस सेक्युरिटी सर्भिसेज् नेपाल प्रा. लिमा यथासिघ्र सुरक्षा गार्ड तथा सरसफाई श्रमिक गरी २०० जनाको आवश्यकता रहेको हो ।
काठमाडौँ उपत्यका, वीरगञ्ज र भैरहवामा १०० जना सुरक्षा गार्ड र १०० जना सरसफाई श्रमिक र केही संख्यामा सरसफाई सुपरभाइजर गरी २०० जना भन्दा बढी संख्यामा कर्मचारीहरुको आवश्यकता परेकोमा इच्छुकले आवेदन दिन सक्नेछन् ।
१०० जना सुरक्षा गार्डको लागि ८ कक्षा पास गरेको, २२ वर्षदेखि ४० वर्षसम्म उमेर, ५६ केजी तौल र ५ फिट ५ ईञ्च उचाई भएका पुरुष र महिलाहरुले आवेदन दिन सक्नेछन् । तर भु.पुको हकमा ८ कक्षा पास गरेको, उमेर ५० वर्ष ननाघेको, ५३ केजी तौल र ५ फिट ३ ईञ्च उचाई हुनुपर्ने छ ।
यस्तै काठमाडौँ उपत्यकामा १०० जना सरसफाई श्रमिकको आवश्यकता रहेकोले साधारण लेखपढ गरेका १८ वर्षभन्दा माथिका ३५ वर्षसम्मका कुनै पनि इच्छुक नेपाली पुरुष र महिलाले आवेदन दिन सक्नेछन् । काठमाडौँ उपत्यकामा केही जना सरसफाई सुपरभाइजरको आवश्यकता रहेकोले सम्वन्धित क्षेत्रमा कम्तीमा २ वर्ष अनुभव भएका, लाइसेन्स भएको र मोटरसाइकल चलाउन सक्ने र कम्प्युटरमा काम गर्न सक्ने ज्ञान भएको कुनै पनि इच्छुक नेपाली पुरुष र महिलाले आवेदन दिन सक्नेछन् ।
उक्त कम्पनीले विगत २५ वर्षदेखि ४००० भन्दा बढी अनुभवी तालिम प्राप्त सुरक्षाकर्मी तथा सरसफाई श्रमिकमार्फत विभिन्न विदेशी राजदुतावासहरु, कुटनीतिक नियोगहरु, प्रतिष्ठित बहुराष्ट्रिय प्रतिष्ठानहरु, बैंकहरु, प्रतिष्ठित होटेलहरु, अस्पतालहरु, कलकारखानाहरुमा आफ्नो सेवा दिंदै आएको छ ।
हाल यस बहुराष्ट्रिय कम्पनीको लागि नेपाल अधिराज्यको विभिन्न स्थानमा विभिन्न पदमा सुरक्षा गार्ड, सरसफाई श्रमिकहरु र सरसफाई सुपरभाइजरको आवश्यकता रहेको र यस कम्पनीले श्रमिकहरुलाई दिने मासिक तलव भत्ता, उपदान, संचय कोष लगायतका सेवा सुविधा श्रम कानून बमोजिम हुने गरी दिएको हुँदा इच्छुक व्यक्ति (पुरुष तथा महिला) ले निम्न नम्वरहरुमा सम्पर्क गर्नुहुन सक्ने यस कम्पनीका मानव संसाधन प्रवन्धक विनोद प्रसाद मिश्रले नेपालपत्रलाई जानकारी दिए ।