७ बैशाख २०८१, शुक्रबार

मानिसले किन घमण्ड गर्छन् ?


मानिसले किन घमण्ड गर्छन् ?
डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

मानिसले किन घमण्ड गर्छन् ? आज मानिस किन यति कमजोर हुदैछन् । बाँच्नको लागि हामी घरभित्र लुकेर बसेका छौं । समय आएको भए जतिसुकै कुनामा बसेपनि जानुपर्छ । छेकेर छेकिने वाला छैन यो प्रकृतिको माग हो यथार्थ हो ।

आज चराचुरूङ्गी निर्धक्क भएर बाटोमा हिडेका छन् । कमिलाहरू चारो वसार्नमा व्यस्त छन् । तर मानव जाती बाँच्नका लागि भित्रै लुकेका छौं । तर यो सिलसिला कहिलेसम्म चल्ला त सोच्नुपर्ने समय आएको छ ।

के ती चरालाई डर छैन होला त ? के ती कमिलालाई डर छैन होला त ? जब हाम्रो गाडी नजीक पुगेको थियो चरा भुर्र उडेका थिए । मन-मनमा मलाई कौतुलता जागेर आयो मर्न उनीहरूलाई पनि डर लाग्दो रहेछ । आज जसरी नोबेल कोरोना भाइरसले विश्वका विविध देशहरूमा रोग सर्ने सराउने काममा व्यस्त देखिएको छ ।

आज मान्छेदेखि मान्छे डराउनुपर्ने समय आएको छ । प्रकृतिलाई मानिसले चलाउन थालेका छन् । मानिसको मनमा केवल घमण्डले स्थान लिदैछ । म भन्दा ठूलो कोही छैन भन्ने घमण्ड जागेको छ । मानिस केवल पैसाको पछि भागी रहेको छ । के गलत के सहि बुझ्न सकिरहेको छैन ।

नोबेल कोरोना भाइरस नलागोस् भन्नाका लागी सवैभन्दा स्वास्थ्यमा ध्यान दिनुपर्ने भनेको छ । मानिस जति-जति लापरबाही हुदै जान थाल्दछ त्यति नै रोगको दलदलमा फस्दै जान्छ । सफाइमा ध्यान नदिने, नाक मुख नढाक्ने, जता पायो त्यतै थुक्ने, लापरबाही गर्नेलाई मात्र कोरोना लाग्ने भनेको छ ।

को -कोलाहल
रो -रोक्थाममा रहने
ना – नाकलाई बन्द गर्ने मास्क लगाउने
भा – हात नमिलाई नमस्कार गर्ने
ई -इम्युनो सिस्टम बढाउने खालको खाना खाने
र -काचो नखाने राम्रो संग पकाएर खाने ।
स -सक्रमण देखिएको छ,ज्वरो आएको छ भने तुरुन्त स्वास्थ्य सस्थामा लैजाने व्यवस्था मिलाउन सकिने सन्देश दिएको छ ।

रोग ठूलो कुरा होइन रोगसंग लड्नुपर्ने कुरा ठूलो हुन सक्छ । सरूवा रोगलाई चक्काजाम गरेर रोकिने होइन होसियार साथ आफुपनि बचौं अरूलाई पनि बचाउन लागौं भन्ने कुरामा ध्यान दिन सके यो रोग नियन्त्रणमा आउन सक्छ । समय सापेक्ष स्वास्थ्यप्रति ध्यान दिएर पालना गर्न सके लकडाउन जस्तो काम गर्नुपर्ने थिएन ।

अझ केहि दिन यो अवस्था लागु भएमा विकराल अवस्था रोगको भन्दा पनि बाँच्नको लागि के खाने भन्नेतर्फ सोच्नुपर्ने समय आएको देखिन थालेको छ । हावालाई हामीले छेकेर छेकिने होइन बरू हावाबाट फैलने रोगलाई कसरी फैलिनबाट रोक्न सकिन्छ भन्नेतर्फ लाग्नुपर्छ ।

यो पनि पढनुहोस्

लकडाउन भनेको के हो ?

इतिहास पल्टाउदा १९ अंकबारे यस्तो छ रोचक जानकारी

नेपालको जलस्रोतको सहि सदुपयोग गरे देश सम्पन्नशाली हुने

देशको विकास र सम्वृद्धिको लागि सरकारले ध्यान दिनुपर्ने १२ बुँदाहरु

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर, साइन्स इन्फोटेकका सल्लाहकार तथा नेपालपत्रको स्वास्थ्य स्तम्भकार तथा पत्रकार हुनुहुन्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !