
काठमाडौँ । नेपाल सरकार, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गतको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग बबरमहल, काठमाडौंको “स्वच्छ र प्रतिस्पर्धी बजार, उपभोक्ताको सार्वभौम अधिकार” नारा रहेको छ ।
वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको अनुरोध
१. उचित मूल्य, शुद्धता र परिमाणमा गुणस्तरीय वस्तु र सेवा प्राप्त गर्ने उपभोक्ताको अधिकार हो ।
२. गुणस्तरीय वस्तु विक्री गर्ने, मूल्य सूची राख्ने तथा वस्तु र सेवाको विक्री गर्दा बिल, बिजक जारी गर्नु व्यवसायीको दायित्व हो ।
३. वस्तु वा सेवाको गलत वा भ्रामक विज्ञापन गरी प्रचार प्रसार गर्नु दण्डनीय अपराध हो ।
“व्यवसायीहरूले अस्वभाविक मूल्य वृद्धि गर्ने, बिल बिजक नदिने तथा म्याद नाघेका र रिलेबलिङ्ग गरेको वस्तुहरू विक्री गर्ने गरेको पाइएमा विभागको नि:शुल्क हटलाईन फोन नम्बर ११३७ मा फोन गर्न तथा विभागको विद्युतीय प्रणालीमा उजुरी/गुनासो गरी उपभोक्ता अधिकार संरक्षण गर्न हार्दिक अपिल गर्दछौ।”