१६ बैशाख २०८२, मंगलबार

दुर्गा प्रसाईंलाई काठमाडौँ ल्याइयो


दुर्गा प्रसाईँ र उनका अंगरक्षकलाई १२ दिन हिरासतमा राख्न अदालतको अनुमति

काठमाडौं । भारतबाट नेपाल ल्याइएका दुर्गा प्रसाईंलाई झापाबाट काठमाडौं ल्याइएको छ । प्रसाईंलाई बुद्ध एयरको जहाजमा आज शुक्रबार मध्याह्न भद्रपुरबाट काठमाडौँ ल्याइएको हो ।

प्रहरीले मेडिकल व्यवसायी तथा राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक प्रसाईंका साथै उनका अंगरक्षक दीपक खड्कालाई पक्राउ गरेर काठमाडौँ ल्याएको छ ।

प्रहरीका अनुसार उनलाई शुक्रबार बिहान प्रदेश नम्बर १–०१–००२ च ३७९३ गाडीमा भारततर्फबाट नेपाली क्षेत्रमा ल्याइएको थियो । काठमाडौंको तीनकुनेमा अराजक प्रदर्शन गराएर फरार भएका प्रसाईंलाई प्रहरीले नियन्त्रणमा लिएको हो । हिजो चैत २८ गते बिहीबार भारतको असाम प्रहरीको सम्पर्कमा पुगेका प्रसाईंलाई आज चैत २९ गते शुक्रबार झापा हुँदै काठमाडौं ल्याइएको हो ।

गत चैत १५ गते तीनकुनेमा आयोजित राजावादी प्रदर्शनका ‘कमान्डर’ समेत रहेका प्रसाईंको नेतृत्वमा भएको प्रदर्शनक्रममा प्रहरीको गोली लागेर कीर्तिपुरका सविन महर्जनको मृत्यु भएको थियो भने प्रदर्शनकारीले एक निजी घरमा आगजनी गर्दा जलेर पत्रकार सुरेश रजकको ज्यान गएको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !