१५ बैशाख २०८१, शनिबार

युवतीलाई प्रेम प्रस्ताव राख्न युवकले शरीरमा आगोसमेत लगाए (भिडियोसहित)


प्रेम प्रस्ताव

एजेन्सी । एक व्यक्तिले आफ्नो प्रेमिकालाई प्रेम प्रस्ताव गर्नको लागि आफ्नो शरीरमा आगो लगाएका छन् । वास्तवमा यो भिडियोमा देखिएका व्यक्तिको नाम रिकी एश हो । रिकी पेशाले प्रोफेशनल स्टन्टमैन हुन् । यसैले पनि यस्तो खतरनाक स्टन्ट सजिलै गरेका हुन् तर अरुले भने भुलेर पनि गर्नु हुँदैन । न्युर्योकमा भएको यस घटनाका मुख्य व्यक्ति ५२ वर्षका रिकी यशले पहिला पनि हलिउडका कलाकारको लागि केहि यस्ता काम गरेका थिए ।

रिकीले प्रेमिका कैटरिना डाबसनलाई आफ्नो स्टन्टको साथमा प्रेम प्रस्ताव राख्न चाहान्थे । यसकारण आफ्नो शरीरमा आगो लगाएर प्रेमिकाको साथमा पुगेर बसेर प्रेम प्रस्ताव राखेका थिए । उनले स्टन्टको क्रममा सुरक्षाका सबै बन्दोबस्त गरेको सामाजिक सञ्जालमा भाइरल भएको भिडियोमा देख्न सकिन्छ ।

नले स्टन्टको क्रममा सुरक्षाका सबै बन्दोबस्त गरेको सामाजिक सञ्जालमा भाइरल भएको भिडियोमा देख्न सकिन्छ । उनको टिमका सदस्य फायर एक्सटिंग्विशरले रिकीको शरीरमा आगो लगाइदिएका थिए ।

https://twitter.com/i/status/1293230753728299009


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !