११ बैशाख २०८१, मंगलबार

अचम्मको घटना: श्रीमान बिना एक्लै हनिमुन जाने यी महिलाको कथा


हनिमुन

हनीमुन नयाँ विवाहित जोडीले मनाउने गरेपनि पाकिस्तानमा बस्ने एक महिला हुमा मोबिनले एक्लै हनिमुन मनाएकी छिन् । कराँचीमा बस्ने हुमाका विवाह एक वर्ष पहिला अरसलानसँग भएको थियो । दुवैजनाले हनीमुनको लागि जाने स्थान ग्रीस रोजेका थिए । उनीहरुको साथमा परिवारका अन्य सदस्य पनि जाने तयारीमा थिए तर, अरसलानलाई भिसा मिलेन ।

भर्खर विवाह गरेका जोडीमध्ये एकजनालाई भिसा नमिलेपछि हुमाले घुम्न जाने योजना रद्द गर्न चाहिन् तर, घरका सासु ससुराले रद्द नगरेर एक्लै जानलाई कर गरेपछि अरु परिवारलाई लिएर ग्रीसको यात्रामा निस्किएका हुन् । पति बिना पत्नीले एक्लै कसरी हनीमुन मनाउने उनलाई गाह्रो भयो । तर, हुमाले एक्लै बसेर एक लोकेसनमा उदासी अनुहार पार्दै एक हात हावामा उडाउँदै गरेको फोटो खिचेर पतिलाई धेरै याद गरेको संकेत गरेकी थिइन् ।-एजेन्सीको सहयोगमा


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !