८ बैशाख २०८१, शनिबार

एयर होस्टेजले गरिन् यात्रीलाई यौन सम्बन्धको अफर


एयर होस्टेज

एजेन्सी । एयर होस्टेजले उडानका क्रममा यात्रीसँग यौन सम्बन्धको अफर गरेको विषयमा छानबिनसमेत हुने भएको छ । उनले आफ्ना ग्राहकलाई माइल हाई क्लबमा सामेल हुन समेत अफर गरेकी थिइन् । विमानको पोशाकमा नै उनले सामाजिक सञ्जालमा अश्लील तस्वीरसमेत पोस्ट गरेकी थिइन् ।

पोस्ट गर्दै उनले लेखेकी छन्, ‘प्रिय यात्री, म उडानका क्रममा मनोरञ्जनका लागि तपाईंहरूकी हुँ । तपाईं मबाट के गराउन चाहनुहुन्छ ?’ यो पोस्ट भाइरल बनेपछि छानबिन सुरु भएको डेली मेलले उल्लेख गरेको छ ।

त्यसका साथै उनले वान टु वान सेवाका लागि पनि अतिरिक्त पैसा लिने गरेकी थिइन् । आफ्नो ब्लगमा उनले ग्राहक पैसा तिर्न सक्षम भएमा उडानका क्रममा ‘वयस्क मनोरञ्जन’ समेत गर्न सक्ने बताएकी छन् । उनले ग्राहकसँग भेट्नका लागि ५० युरोको ‘सेक्युरिटी फिस’ दिनुपर्ने उल्लेख गरेकी छन् । यो फिस पनि माग अनुसार फरक हुने उनको भनाइ छ। -दृष्टिबाट


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !