२४ बैशाख २०८१, सोमबार

लकडाउनबारे निर्णय गर्न सकेन समितिले, निर्णय गर्ने जिम्मा दियो मन्त्रिपरिषद्लाई


कोरोना समिति

१३ वैशाख, काठमाडौं । आज दिउसो सिंहदरबारमा बसेको कोरोना नियन्त्रण तथा रोकथाम उच्चस्तरीय समन्वय समितिले बैठक लकडाउनबारे निर्णय गर्न नसकी निर्णय गर्ने जिम्मा मन्त्रिपरिषद्लाई दिएको छ । तर तत्कालै लकडाउन खुकुलो बनाउने परिस्थिति नरहेको निश्कर्ष निकालेको छ ।

सो बैठकले तर लकडाउनलाई निरन्तरता दिने निष्कर्ष निकालेको छ । देशका विभिन्न भागमा कोरोना संक्रमण देखिएको, सबै क्षेत्रमा परीक्षण भई नसकेकाले देश कोरोना संक्रमणको खतराबाट मुक्त नभएको समितिले निश्कर्ष निकालेको हो ।

संक्रमणको जोखिम कायमै रहेको विश्लेषण गर्दै बैठकमा यसलाई छिमेकी देशले अगाडि सारेका कार्यक्रमका आधारमा अगाडि बढाउने बताइएको छ । लकडाउनको अवधि र मोडालिटीबारे समितिकै सिफारिसको आधारमा भोली आइतबार बस्ने मन्‍त्रिपरिषद्ले निर्णय गर्नेछ ।

शुक्रबारको मन्त्रिपरिषद्‍मा प्रधानमन्त्री केपी शर्मा ओलीले उच्चस्तरीय समितिलाई लकडाउनको मोडालिटीबारे छलफल गरेर सिफारिस गर्न निर्देशन दिएका थिए । समितिले त्यसअनुसार मोडालिटी तयार पार्ने जिम्मा मुख्यसचिवको नेतृत्वमा रहेको सचिवहरु सम्मिलित कार्यदललाई दिएको छ ।

साथै सो समितिको वैठकले आन्तरिक र अन्तर्राष्ट्रिय उडानमा लगाएको प्रतिबन्ध जेठ २ गतेसम्म कायम गर्न सिफारिस गरेको छ । यसअघि सरकारले वैशाख १८ गतेसम्म हवाई उडानमा प्रतिबन्ध लगाएको थियो । स्रोतका अनुसार वैशाख १५ सम्म तोकिएको लकडाउन थप १ हप्ता लम्ब्याएर वैशाख २२ गतेसम्म हुने सम्भावना रहेको छ ।

यो पनि पढ्नुहोस्

जेठ २ सम्म हवाई उडान बन्द राख्ने उच्चस्तरीय समितिको निर्णय

लकडाउनको विषयमा छलफल गर्न उच्चस्तरीय समन्वय समितिको बैठक शुरु


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !