६ जेष्ठ २०८१, आइतबार

लकडाउनको विषयमा छलफल गर्न उच्चस्तरीय समन्वय समितिको बैठक शुरु


कोरोना समिति

१३ वैशाख, काठमाडौँ । लकडाउनबारे निर्णय लिन उच्चस्तरीय समन्वय समितिको बैठक आज बिहान ११ बजेदेखि सिंहदरबारमा बसिरहेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले लकडाउन थप्ने नथप्ने निर्णय गर्ने अधिकार समन्वय समितिलाई दिएको थियो ।

विगत १ महिनादेखि जारी लकडाउनको अबको मोडालिटीबारे छलफल गर्न कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तीय समन्वय समितिको बैठक बस्दैछ । आज बसिरहेको बैठकले लकडाउनलाई खुकुलो बनाउने कि निरन्तरता दिने भन्ने विषयमा छलफल गर्नेछ ।

स्रोतका अनुसार वैशाख १५ सम्म तोकिएको लकडाउन थप १ हप्ता लम्ब्यिाउने निर्णय उच्चस्तरीय समन्वयन समितिले गर्ने सम्भावना रहेको छ । पछिल्ला दिनमा उपत्यकामा कारोना संक्रमित नभेटिएपनि बाहिर जिल्लामा भेटिदै गएको छ । त्यस्तो अवस्थामा तत्कालै लकडाउन खोल्दा संक्रमण बढ्ने संभावना हुँदा थपिन गर्ने निर्णय हुने प्रबल संभावना रहेको स्वास्थ्य मन्त्रालय स्रोतले जानकारी दियोे ।

कोरोना संक्रमणको अवस्था हेरेर विभिन्न स्थानको वर्गीकरण गरी त्यसैअनुसार फरक फरक नीति लिने मोडालिटीमा छलफल भएको छ । यसअनुसार उदयपुर, पर्सा लगायतका संक्रमण देखिएका क्षेत्रलाई १ संवेदनशील क्षेत्र मानिएको छ । यो क्षेत्रमा लकडाउन झन् कडा बनाउने । स्वास्थ्यकर्मी र सुरक्षाकर्मी थप्ने र यसमा केन्द्र सरकारले प्रदेश र स्थानीय सरकारलाई सहयोग गर्ने । यो क्षेत्रमा परीक्षण पनि व्यापक मात्रामा बढाउने तयारी सरकारको छ ।

यो मोडालिटीमा जाँदा दोस्रो नम्बरमा सुदूरपश्चित र कर्णाली प्रदेशका लागि अर्कै रणनीति अपानाइनेछ । यो क्षेत्रमा संक्रमण छैन तर परीक्षण हुन बाँकी ठूलो समूह छ । यसैले यहाँ परीक्षण अझै बढाउने र लकडाउन पनि तुरुन्तै खुकुलो नपार्ने रणनीति सरकारले लिन सक्छ ।

तेस्रो नम्बरमा काठमाडौं र पोखरा लगायतका ठूला शहरहरु छन् । यी सहरहरु जहाँ संक्रमित छैनन् तर आर्थिक कारोबारका यी केन्द्रहरु हुन् । यी स्थानमा कडा अनुगमनका साथ लकडाउन खुकुलो बनाउनुपर्ने प्रस्ताव केही मन्त्रीहरुको छ ।

जिल्ला र प्रदेश तथा सहरबाट बाहिर आवतजावत गर्न नदिने तर उद्योग धन्दा, कलकारखाना र केही आवश्यक सेवा क्षेत्रलाई खुकुलो बनाउनु पर्ने उनीहरुको भनाई छ । नेपालमा हालसम्म ४९ जनामा कोरोना संक्रमण देखिएको छ भने ११ जना निको भएर घर फर्किसकेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !