८ जेष्ठ २०८१, मंगलबार

जेठ २ सम्म हवाई उडान बन्द राख्ने उच्चस्तरीय समितिको निर्णय


त्रिभुवन बिमानस्थल

१३ वैशाख, काठमाडौँ । कोरोना नियन्त्रण तथा रोकथाम उच्चस्तरीय समन्वय समितिले आन्तरिक र अन्तर्राष्ट्रिय उडानमा लगाएको प्रतिबन्ध जेठ २ गतेसम्म कायम गर्न सिफारिस गरेको छ । यसअघि सरकारले वैशाख १८ गतेसम्म हवाई उडानमा प्रतिबन्ध लगाएको थियो ।

उच्चस्तरीय समितिका सदस्य सचिव तथा प्रधानमन्त्री कार्यालयका सचिव नारायण बिडारीले आन्तरिक र अन्तर्राष्ट्रिय दुवै उडानको प्रतिबन्ध जेठ २ गतेसम्म कायम गर्ने निर्णय समितिले गरेको बताएका छन् ।

यो पनि पढ्नुहोस्

लकडाउनको विषयमा छलफल गर्न उच्चस्तरीय समन्वय समितिको बैठक शुरु


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !