१४ जेष्ठ २०८१, सोमबार

२४ घण्टामा कुन प्रदेश तथा जिल्लामा कहाँ कति थपिए नयाँ कोरोना संक्रमितहरु ?


नेपालमा कोरोना

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ७१० जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ५३ हजार १८४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४७८० पीसीआर परीक्षण गरिएको छ भने आजसम्म १८ लाख ६६ हजार २१० पीसीआर परीक्षण गरिसकिएको छ । सक्रिय संक्रमितको संख्या ८८४० जना आइसोलेसनमा रहेकामध्ये ३४७६ संस्थागत आइसोलेसनमा र ५३६४ जना होम आइसोलेसनमा रहेका छन् । साथै हालसम्म क्वारेन्टाइनमा ४२१ जना रहेका छन् ।

७१० जना कोरोना संक्रमितमध्ये ४०४ जना पुरुषहरु र ३०६ जना महिलाहरुमा संक्रमण पुष्टि भएको हो । काठमाडौं उपत्यकामा आज २८१ जनामा कोरोना संक्रमण पुष्टि भएकाहरुमध्ये १७८ जना पुरुषहरु र १०३ जना महिलाहरु रहेका छन् । आज काठमाडौं जिल्लामा २२४ जना, ललितपुर जिल्लामा ३८ जना र भक्तपुर जिल्लामा १९ जनामा कोरोना संक्रमण देखिएको छ ।

पछिल्लो २४ घण्टामा ११७५ जनाले कोरोना जितेसंगै नेपालमा कोरोना भाइरस जित्नेको संख्या २ लाख ४२ हजार ५६७ जना पुगेको छ । नेपालमा कोरोना संक्रमणबाट थप १२ जनाको मृत्यु भएको पुष्टि भएसंगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १७७७ पुगेको पुष्टि भएको छ ।

प्रदेश तथा जिल्ला अनुसार आज थपिएका कोरोना संक्रमितहरुको विवरण

प्रदेश १

प्रदेश १ को इलाममा २, उदयपुरमा ५, झापामा १९, मोरङमा २४, संखुवासभामा १ र सुनसरीमा १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमित हुनेको संख्या आज प्रदेश १ मा ६९ रहेको छ ।

प्रदेश २

प्रदेश २ को पर्सामा १७, महोत्तरीमा ४, रौतहटमा २, सप्तरीमा १ र सिरहामा १ जनामा कोरोना संक्रमण देखिएको छ । योसँगै कोरोना संक्रमित हुनेको संख्या आज प्रदेश २ मा २५ रहेको छ ।

बागमती प्रदेश

बागमती प्रदेशको काठमाडौंमा २२४, काभ्रेपलान्चोकमा १७, चितवनमा ४९, दोलखामा १०, धादिङमा ५, भक्तपुरमा १९, मकवानपुरमा १२, रामेछापमा २, ललितपुरमा ३८, सिन्धुपाल्चोकमा र सिन्धुलीमा २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमित हुनेको संख्या आज बागमती प्रदेशमा ३८३ रहेको छ ।

गण्डकी प्रदेश

गण्डकी प्रदेशको कास्कीमा ७५, गोरखामा ३, तनहुँमा ६, नवलपरासी पूर्वमा ७, पर्वतमा २, म्याग्दीमा १, लमजुङमा ३९, बागलुङमा ५ र स्याङजामा ८ जनामा कोरोना संक्रमण देखिएको छ । योसँगै कोरोना संक्रमित हुनेको संख्या आज गण्डकी प्रदेशमा १४६ रहेको छ ।

लुम्बिनी प्रदेश

लुम्बिनी प्रदेशको अर्घाखाँचीमा ४, कपिलवस्तुमा ३, गुल्मीमा ३, दाङमा ६, नवलपरासीमा ६, पाल्पामा १, प्यूठानमा २, बर्दियामा १, बाँकेमा ६ र रुपन्देहीमा ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमित हुनेको संख्या आज लुम्बिनी प्रदेशमा ६२ रहेको छ ।

कर्णाली प्रदेश

कर्णाली प्रदेशको दैलेखमा ३, सल्यानमा ४ र सुर्खेतमा ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमित हुनेको संख्या आज कर्णाली प्रदेशमा १० रहेको छ ।

सुदूरपश्चिम प्रदेश

सुदूरपश्चिम प्रदेशको अछाममा ३, कञ्चनपुरमा १, कैलालीमा ४, डडेल्धुरामा २, डोटीमा १, बझाङमा २ र बैतडीमा २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमित हुनेको संख्या आज सुदूरपश्चिम प्रदेशमा १५ रहेको छ ।

यो पनि पढ्नुहोस्

२४ घण्टामा कुन प्रदेश तथा जिल्लामा कहाँ कति थपिए नयाँ कोरोना संक्रमितहरु ?


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !