३ असार २०८१, सोमबार

यस्ता छन् स्वास्थ्यको लागि भेण्टा खानुका फाइदाहरु


भेण्टा

काठमाडौँ । नेपालमा भेण्टा भन्दछन् भने अंग्रेजीमा (Brinjal) भन्दछन् । भेण्टा खानु हुँदैन यसले असर गर्न सक्छ भन्ने गलत प्रचारका कारण हामीले भेण्टालाई खान छोडेका छौं यो गलत हो । स्वास्थ्यका लागि भेण्टा धेरै महत्वपूर्ण औषधि देखिएको छ ।

नेपाली भू-भागमा सवैभन्दा बढी फलाउने तरकारीमध्ये भेण्टा पनि एक हो । स्वास्थ्यमा यस्ले के कस्तो फाइदा हुनसक्छ भन्ने जानकारी प्राप्त गर्न सके नेपालमा यस्को उत्पादनसंगै भेण्टा खानेको संख्या निश्चित बढ्नेछ ।

आजको लेखमा भेण्टाबाट गरिने उपचार बारे प्रकाश पार्ने जमर्को गर्दैछौं । आउनुहोस् केही जानौं केही सिकौं केही सेयर गरेर जन-जनसम्म पुर्याऔ भन्ने हाम्रो आग्रह छ ।

हाम्रो पहिलो उद्धेश्य भनेको नेपाली सारा निरोगी बनुन् भन्ने हो । मानिस रोगी हुनुमा खानपानको ठूलो हात छ । प्रकृतिको देनलाई हामीले भुल्नुहुँदैन । हाम्रो भान्सामा यस्ता तरकारी पकाउन अल्छी कदापि गर्नुहुँदैन । आउनुहोस् तल भेण्टाका फाइदा जानौं ।

यस्ता छन् भेण्टा खानुका १३ प्रकारको फाइदाहरु

१. कोलेस्ट्रोल कन्ट्रोल गराउनमा भेण्टामा राम्रो गुण छ । नियमित भेण्टा खानेहरूलाई कोलेस्ट्रोल बढ्नबाट रोक्ने काम गर्दछ । भेण्टामा पोषकतत्व हुने भएकाले यस्तो तत्व अन्य सब्जीमा नपाइने देखिन्छ । नियमित भेण्टाको तरकारी खाने गरौं भन्ने हाम्रो राय छ ।

२. भेण्टामा पोटेशियम र मग्नेसियम अत्यधिक पाइने हुनाले भेण्टाको तरकारी नियमित सेवन गर्नाले कोलेस्ट्रोल बढ्नबाट रोक्ने काम गर्दछ ।

३. भेण्टामा भिटामिन सी प्रशस्त पाइने भएकाले रोग प्रतिरोधक क्षमता बढाउन मद्दत गर्दछ । नियमित भेण्टा खानेहरूमा कुनैपनि बाध्य सक्रमणबाट समेत यसले रोक्ने काम गर्दछ ।

४. सुन्दा अचम्म लाग्न सक्छ । दाँत दूख्दा समेत यसको रस दाँतमा राख्दा दाँत दुख्नबाट राहत दिने कुरा आयुर्वेदमा उल्लेख गरेको पाइन्छ । अर्को रोचक जानकारी यसको जराको सेवनले स्वास प्रश्वास सम्वन्धित रोग समेत निको गराउदछ । यस बारेमा पछि प्रकाश पार्नेछु ।

५. भेण्टामा फाइबर प्रशस्त हुने हुनाले र भेण्टा चाँडो नपच्ने हुनाले खाना कम रूच्ने हुन्छ । यसरी मोटोपनबाट पनि विस्तारै आफुलाई बचाउन सकिनेछ ।

६. न्यून क्यालोरी हुने भएकाले यसको नियमित सेवनले वजन नियन्त्रणमा सघाउ पुर्‍याउँछ ।

७. यसको सेवनले शरीरमा कोलेस्ट्रोल र चिनीको मात्रालाई नियन्त्रण गर्दछ ।

८. भाण्टामा भिटामिन ए, सी, ई, के, वि ६ प्रशस्त पाइन्छ ।

९. यसमा क्यालसीयम, आइरन, म्यागनेसियम, फोसफोरस लगायतको तत्व पनि पाइन्छ ।

१०. भाण्टाको नियमित सेवनले मधुमेह, मुटु रोगमा समेत लाभ मिल्दछ ।

११. भाण्टामा पाइने तत्वले छालालाई सफा, रसिलो र मुलायम राख्दछ ।

१२. भाण्टामा अत्यधिक मात्रामा पाइने पोली फिनोलले क्यान्सरबाट जोगाउँछ ।

१३. यसको बोक्रामा पाइने एन्थोसाइनिन फाइटोले मतिष्कको कोषिका क्षति हुनबाट बचाउँछ ।

१४. यो पुरक उपचार भने होइन कुनैपनि रोगको उपचार भइरहेको भए यस्लाई पनि प्रयोग गर्दा सुनमा सुगन्ध थपिने छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !