६ जेष्ठ २०८१, आइतबार

२४ घण्टामा कुन प्रदेश तथा जिल्लामा कहाँ कति थपिए नयाँ कोरोना संक्रमितहरु ?


नेपालमा कोरोना

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ७८२ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ५२ हजार ४७४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५७०६ पीसीआर परीक्षण गरिएको छ भने आजसम्म १८ लाख ६१ हजार ४३० पीसीआर परीक्षण गरिसकिएको छ । सक्रिय संक्रमितको संख्या ९३१७ जना आइसोलेसनमा रहेकामध्ये ३४८३ संस्थागत आइसोलेसनमा र ५८३४ जना होम आइसोलेसनमा रहेका छन् । साथै हालसम्म क्वारेन्टाइनमा ४२७ जना रहेका छन् ।

७८२ जना कोरोना संक्रमितमध्ये ४७७ जना पुरुषहरु र ३०५ जना महिलाहरुमा संक्रमण पुष्टि भएको हो । काठमाडौं उपत्यकामा आज २८७ जनामा कोरोना संक्रमण पुष्टि भएकाहरुमध्ये १६६ जना पुरुषहरु र १२१ जना महिलाहरु रहेका छन् । आज काठमाडौं जिल्लामा २०२ जना, ललितपुर जिल्लामा ७६ जना र भक्तपुर जिल्लामा ९ जनामा कोरोना संक्रमण देखिएको छ ।

पछिल्लो २४ घण्टामा १०२९ जनाले कोरोना जितेसंगै नेपालमा कोरोना भाइरस जित्नेको संख्या २ लाख ४१ हजार ३९२ जना पुगेको छ । नेपालमा कोरोना संक्रमणबाट थप १६ जनाको मृत्यु भएको पुष्टि भएसंगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १७६५ पुगेको पुष्टि भएको छ ।

प्रदेश तथा जिल्ला अनुसार आज थपिएका कोरोना संक्रमितहरुको विवरण

प्रदेश १

प्रदेश १ को उदयपुरमा १, ओखलढुंगामा १, खोटाङमा १, झापामा ८, ताप्लेजुङमा २, तेह्रथुममा १, मोरङमा १३, संखुवासभामा २ र सुनसरीमा १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमित हुनेको संख्या आज प्रदेश १ मा ४४ रहेको छ ।

प्रदेश २

प्रदेश २ को पर्सामा १२, बारामा ५, रौतहटमा २, सप्तरीमा ३, सर्लाहीमा १ र सिरहामा ३ जनामा कोरोना संक्रमण देखिएको छ । योसँगै कोरोना संक्रमित हुनेको संख्या आज प्रदेश २ मा २६ रहेको छ ।

बागमती प्रदेश

बागमती प्रदेशको काठमाडौंमा २०२, काभ्रेपलान्चोकमा १४, चितवनमा २०, धादिङमा २, नुवाकोटमा ४, भक्तपुरमा ९, मकवानपुरमा १०, रामेछापमा २ र ललितपुरमा ७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमित हुनेको संख्या आज बागमती प्रदेशमा ३३९ रहेको छ ।

गण्डकी प्रदेश

गण्डकी प्रदेशको कास्कीमा ५७, तनहुँमा ७, नवलपरासी पूर्वमा ५, पर्वतमा ४, म्याग्दीमा ३, बागलुङमा २ र स्याङजामा ४ जनामा कोरोना संक्रमण देखिएको छ । योसँगै कोरोना संक्रमित हुनेको संख्या आज गण्डकी प्रदेशमा ८२ रहेको छ ।

लुम्बिनी प्रदेश

लुम्बिनी प्रदेशको अर्घाखाँचीमा १, कपिलवस्तुमा ४, गुल्मीमा १, दाङमा ८, नवलपरासीमा ८, पाल्पामा १४, प्यूठानमा २, बर्दियामा १५, बाँकेमा ३४ र रुपन्देहीमा ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमित हुनेको संख्या आज लुम्बिनी प्रदेशमा १२५ रहेको छ ।

कर्णाली प्रदेश

कर्णाली प्रदेशको कालिकोटमा १, जाजरकोटमा १, जुम्लामा ४, डोल्पामा ६, दैलेखमा १, सल्यानमा ३ र सुर्खेतमा ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमित हुनेको संख्या आज कर्णाली प्रदेशमा २५ रहेको छ ।

सुदूरपश्चिम प्रदेश

सुदूरपश्चिम प्रदेशको अछाममा १४, कञ्चनपुरमा २०, कैलालीमा ६२, डडेल्धुरामा १९, डोटीमा १, दार्चुलामा २, बझाङमा ६ र बाजुरामा १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमित हुनेको संख्या आज सुदूरपश्चिम प्रदेशमा १४१ रहेको छ ।

यो पनि पढ्नुहोस्

२४ घण्टामा कुन प्रदेश तथा जिल्लामा कहाँ कति थपिए नयाँ कोरोना संक्रमितहरु ?


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !