१४ जेष्ठ २०८१, सोमबार

नेपालमा पछिल्लो २४ घण्टामा थप १०२९ जना कोरोना संक्रमणमुक्त


कोरोना संक्रमणमुक्त

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा १०२९ जनाले कोरोना भाइरस (कोभिड-१९) जितेसंगै नेपालमा कोरोना भाइरस जित्नेको संख्या २ लाख ४१ हजार ३९२ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५७०६ पीसीआर परीक्षण गरिएको छ भने आजसम्म १८ लाख ६१ हजार ४३० पीसीआर परीक्षण गरिसकिएको छ । सक्रिय संक्रमितको संख्या ९३१७ जना आइसोलेसनमा रहेकामध्ये ३४८३ संस्थागत आइसोलेसनमा र ५८३४ जना होम आइसोलेसनमा रहेका छन् । साथै हालसम्म क्वारेन्टाइनमा ४२७ जना रहेका छन् ।

७८२ जना कोरोना संक्रमितमध्ये ४७७ जना पुरुषहरु र ३०५ जना महिलाहरुमा संक्रमण पुष्टि भएको हो । काठमाडौं उपत्यकामा आज २८७ जनामा कोरोना संक्रमण पुष्टि भएकाहरुमध्ये १६६ जना पुरुषहरु र १२१ जना महिलाहरु रहेका छन् । आज काठमाडौं जिल्लामा २०२ जना, ललितपुर जिल्लामा ७६ जना र भक्तपुर जिल्लामा ९ जनामा कोरोना संक्रमण देखिएको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा ७८२ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ५२ हजार ४७४ पुगेको छ । नेपालमा कोरोना संक्रमणबाट थप १६ जनाको मृत्यु भएको पुष्टि भएसंगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १७६५ पुगेको पुष्टि भएको छ ।

यो पनि पढ्नुहोस्

थप ९४७ जना संक्रमणमुक्त, नेपालमा कोरोना जित्नेको संख्या २ लाख ४० हजार नाघ्यो


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !