११ श्रावण २०८१, शुक्रबार

प्रतिनिधिसभाको बैठक आज बस्दै


प्रतिनिधिसभा बैठक

काठमाडौँ । संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दै छ । यसअघि शुक्रबार बस्ने भनिएको प्रतिनिधिसभाको बैठक बस्दै नबसी आज आइतबार ११ बजेसम्मका लागि स्थगित गरिएको थियो ।

सत्ता पक्ष र प्रतिपक्षी दलबीच सहमति हुन नसक्दा शुक्रबार दिउँसो २ बजे बस्ने भनिएको बैठक बस्दै नबसी आइतबार ११ बजेसम्मका लागि स्थगित गरिएको थियो ।

केही दिनअघि मात्र प्रतिनिधिसभाको बैठकमा कांग्रेस र सत्ता साझेदार दल नेकपा (एमाले) का सांसदहरुबीच धकेलाधकेल भएको थियो । सभामुख घिमिरेले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई बोल्न समय दिएपछि एमाले र कांग्रेस सांसदबीच तनाव सिर्जना भएर धकेलाधकेल भएको थियो ।

सहकारी प्रकरणबारे गृहमन्त्री लामिछानेमाथि छानबिन गर्नका लागि समिति गठन गर्नुपर्ने कांग्रेसको माग राख्दै आएको छ । सत्तारुढ गठबन्धन र प्रमुख प्रतिपक्षी दल संसद्को गतिरोध अन्त्य गर्न संसदीय छानबिन समिति गठनका लागि हिजो सहमत भएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !