१४ जेष्ठ २०८१, सोमबार

२४ घण्टामा कुन प्रदेश तथा जिल्लामा कहाँ कति थपिए नयाँ कोरोना संक्रमितहरु ?


नेपालमा कोरोना

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ७७६ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ५१ हजार ६९२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ६५८८ पीसीआर परीक्षण गरिएको छ भने आजसम्म १८ लाख ५५ हजार ७२४ पीसीआर परीक्षण गरिसकिएको छ । सक्रिय संक्रमितको संख्या ९५८० जना आइसोलेसनमा रहेकामध्ये ३६९७ संस्थागत आइसोलेसनमा र ५८८३ जना होम आइसोलेसनमा रहेका छन् । साथै हालसम्म क्वारेन्टाइनमा ४४४ जना रहेका छन् ।

७७६ जना कोरोना संक्रमितमध्ये ४६८ जना पुरुषहरु र ३०८ जना महिलाहरुमा संक्रमण पुष्टि भएको हो । काठमाडौं उपत्यकामा आज ३६३ जनामा कोरोना संक्रमण पुष्टि भएकाहरुमध्ये २११ जना पुरुषहरु र १५२ जना महिलाहरु रहेका छन् । आज काठमाडौं जिल्लामा २७३ जना, ललितपुर जिल्लामा ४९ जना र भक्तपुर जिल्लामा ४१ जनामा कोरोना संक्रमण देखिएको छ ।

पछिल्लो २४ घण्टामा ९४७ जनाले कोरोना जितेसंगै नेपालमा कोरोना भाइरस जित्नेको संख्या २ लाख ४० हजार ३६३ जना पुगेको छ । नेपालमा कोरोना संक्रमणबाट थप ६ जनाको मृत्यु भएको पुष्टि भएसंगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १७४९ पुगेको पुष्टि भएको छ ।

प्रदेश तथा जिल्ला अनुसार आज थपिएका कोरोना संक्रमितहरुको विवरण

प्रदेश १

प्रदेश १ को उदयपुरमा २, ओखलढुंगामा १, झापामा १५, ताप्लेजुङमा २, तेह्रथुममा १, भोजपुरमा १, मोरङमा ३४, संखुवासभामा १ र सुनसरीमा ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमित हुनेको संख्या आज प्रदेश १ मा ६८ रहेको छ ।

प्रदेश २

प्रदेश २ को धुनषामा २, बारामा १, महोत्तरीमा १, रौतहटमा १, सर्लाहीमा १ र सिरहामा १ जनामा कोरोना संक्रमण देखिएको छ । योसँगै कोरोना संक्रमित हुनेको संख्या आज प्रदेश २ मा ७ रहेको छ ।

बागमती प्रदेश

बागमती प्रदेशको काठमाडौंमा २७३, काभ्रेपलान्चोकमा ७, चितवनमा १४, दोलखामा १, धादिङमा ६, नुवाकोटमा १०, भक्तपुरमा ४१, मकवानपुरमा २, रसुवामा १०, ललितपुरमा ४९, सिन्धुपाल्चोकमा ४ र सिन्धुलीमा २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमित हुनेको संख्या आज बागमती प्रदेशमा ४१९ रहेको छ ।

गण्डकी प्रदेश

गण्डकी प्रदेशको कास्कीमा ४५, गोरखामा ४, तनहुँमा ११, नवलपरासी पूर्वमा ७, पर्वतमा ३, मुस्ताङमा ३, लमजुङमा १३ र स्याङजामा ४ जनामा कोरोना संक्रमण देखिएको छ । योसँगै कोरोना संक्रमित हुनेको संख्या आज गण्डकी प्रदेशमा ९० रहेको छ ।

लुम्बिनी प्रदेश

लुम्बिनी प्रदेशको अर्घाखाँचीमा ३, कपिलवस्तुमा २, गुल्मीमा २, दाङमा ४, नवलपरासीमा ७, पाल्पामा ७, प्यूठानमा २, बर्दियामा ७, बाँकेमा १९, रुपन्देहीमा २५ र रोल्पामा १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमित हुनेको संख्या आज लुम्बिनी प्रदेशमा ७९ रहेको छ ।

कर्णाली प्रदेश

कर्णाली प्रदेशको दैलेखमा १, रुकुम पश्चिममा २, सल्यानमा ३ र सुर्खेतमा १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमित हुनेको संख्या आज कर्णाली प्रदेशमा १६ रहेको छ ।

सुदूरपश्चिम प्रदेश

सुदूरपश्चिम प्रदेशको अछाममा ६, कञ्चनपुरमा ३५, कैलालीमा ३७, डडेल्धुरामा ४, डोटीमा १, बझाङमा ९ र बैतडीमा ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमित हुनेको संख्या आज सुदूरपश्चिम प्रदेशमा ९७ रहेको छ ।

यो पनि पढ्नुहोस्

२४ घण्टामा कुन प्रदेश तथा जिल्लामा कहाँ कति थपिए नयाँ कोरोना संक्रमितहरु ?


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !