१४ जेष्ठ २०८१, सोमबार

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप ६ जनाको मृत्यु


मृत्यु

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट थप ६ जनाको मृत्यु भएको पुष्टि भएको छ । योसंगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १७४९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सो कुराको जानकारी दिएको हो ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ६५८८ पीसीआर परीक्षण गरिएको छ भने आजसम्म १८ लाख ५५ हजार ७२४ पीसीआर परीक्षण गरिसकिएको छ । सक्रिय संक्रमितको संख्या ९५८० जना आइसोलेसनमा रहेकामध्ये ३६९७ संस्थागत आइसोलेसनमा र ५८८३ जना होम आइसोलेसनमा रहेका छन् । साथै हालसम्म क्वारेन्टाइनमा ४४४ जना रहेका छन् ।

७७६ जना कोरोना संक्रमितमध्ये ४६८ जना पुरुषहरु र ३०८ जना महिलाहरुमा संक्रमण पुष्टि भएको हो । काठमाडौं उपत्यकामा आज ३६३ जनामा कोरोना संक्रमण पुष्टि भएकाहरुमध्ये २११ जना पुरुषहरु र १५२ जना महिलाहरु रहेका छन् । आज काठमाडौं जिल्लामा २७३ जना, ललितपुर जिल्लामा ४९ जना र भक्तपुर जिल्लामा ४१ जनामा कोरोना संक्रमण देखिएको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा ७७६ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ५१ हजार ६९२ पुगेको छ । पछिल्लो २४ घण्टामा ९४७ जनाले कोरोना जितेसंगै नेपालमा कोरोना भाइरस जित्नेको संख्या २ लाख ४० हजार ३६३ जना पुगेको छ ।

यो पनि पढ्नुहोस्

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप १३ जनाको मृत्यु


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !