३ असार २०८१, सोमबार

बालुवाटारमा सत्तापक्ष र विपक्षको संयुक्त बैठक जारी


बालुवाटारमा सत्तापक्ष र विपक्षको संयुक्त बैठक जारी

काठमाडौँ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सत्तापक्ष र विपक्षको संयुक्त बैठक जारी रहेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संसद्को गत्यावरोध अन्त्य गरी सहज रुपमा बजेट प्रस्तुत गर्न पहलका लागि सत्तापक्ष र विपक्ष दलको संयुक्त बैठक जारी रहेको हो ।

जारी बैठकमा सहकारी ठगी प्रकरणमा छानबिनका लागि गठन गरिने संसदीय समितिको कार्यादेश टुंगो लगाउन गठित कार्यदलका सदस्यहरुसमेत उपस्थित रहेका छन् ।

नेकपा एमालेका नेता एवं कानुनमन्त्री पदम गिरीको नेतृत्वमा गठित चार सदस्यीय कार्यदलमा कांग्रेस सहमहामन्त्री जीवन परियार, एमाले प्रमुख सचेतक महेश बर्तौला र राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनाल सदस्य रहेका छन् ।

यस्तै जारी बैठकमा एमालेका उपाध्यक्ष विष्णु पौडेल, कांग्रेसबाट उपसभापति पूर्णबहादुर खड्का, नेता कृष्णप्रसाद सिटौला, महामन्त्री गगन थापा, रमेश लेखक र ज्ञानेन्द्रबहादुर कार्की सहभागी छन् ।

त्यस्तै नेकपा (माओवादी केन्द्र) बाट वर्षमान पुन र हितराज पाण्डे तथा रास्वपाबाट उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने, स्वर्णिम वाग्ले लगायतका नेताहरु सहभागी रहेका छन् ।

राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत गरेको आर्थिक वर्ष २०८१/०८२ को नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रम हिजो पारित भएको छ भने नेपालको संविधानअनुसार आर्थिक वर्ष २०८१/२०८२ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) भोलि जेठ १५ गते दिउँसो १ बजे प्रस्तुत गरिने भएकोले आज जसरी भएपनि सत्ता पक्ष र बिपक्षीबीच सहमति भएर सदन सुचारु रुपमा संचालन गर्ने वातावरण सिर्जना गर्नुपर्ने बाध्यता सरकारलाई रहेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !