१४ जेष्ठ २०८१, सोमबार

नेपालमा पछिल्लो २४ घण्टामा थप ११७५ जना कोरोना संक्रमणमुक्त


कोरोना संक्रमणमुक्त

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ११७५ जनाले कोरोना भाइरस (कोभिड-१९) जितेसंगै नेपालमा कोरोना भाइरस जित्नेको संख्या २ लाख ४२ हजार ५६७ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४७८० पीसीआर परीक्षण गरिएको छ भने आजसम्म १८ लाख ६६ हजार २१० पीसीआर परीक्षण गरिसकिएको छ । सक्रिय संक्रमितको संख्या ८८४० जना आइसोलेसनमा रहेकामध्ये ३४७६ संस्थागत आइसोलेसनमा र ५३६४ जना होम आइसोलेसनमा रहेका छन् । साथै हालसम्म क्वारेन्टाइनमा ४२१ जना रहेका छन् ।

७१० जना कोरोना संक्रमितमध्ये ४०४ जना पुरुषहरु र ३०६ जना महिलाहरुमा संक्रमण पुष्टि भएको हो । काठमाडौं उपत्यकामा आज २८१ जनामा कोरोना संक्रमण पुष्टि भएकाहरुमध्ये १७८ जना पुरुषहरु र १०३ जना महिलाहरु रहेका छन् । आज काठमाडौं जिल्लामा २२४ जना, ललितपुर जिल्लामा ३८ जना र भक्तपुर जिल्लामा १९ जनामा कोरोना संक्रमण देखिएको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा ७१० जनामा कोरोना संक्रमण पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ५३ हजार १८४ पुगेको छ । नेपालमा कोरोना संक्रमणबाट थप १२ जनाको मृत्यु भएको पुष्टि भएसंगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १७७७ पुगेको पुष्टि भएको छ ।

यो पनि पढ्नुहोस्

नेपालमा पछिल्लो २४ घण्टामा थप १०२९ जना कोरोना संक्रमणमुक्त


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !