१५ बैशाख २०८१, शनिबार

महिलामा सेक्सप्रति रुची कहिलेसम्म हुन्छ ?


एजेन्सी, एक नयाँ अध्ययनका अनुसार, महिला आफ्नो पार्टनरसँग मात्र १२ महिनामै सेक्सबाट बोर हुने गर्छन् । लामो समयसम्म सम्बन्धमा बसेपछि महिलाले सेक्सलाई त्यति महत्व दिदैनन् ।

क्यालिफोर्निया विश्वविद्यालय, सन फ्रान्सिस्कोका वैज्ञानिक र साउथह्याम्प्टन यूनिभर्सिटीका अध्ययनकर्ताले संयुक्त रुपमा उक्त अध्ययन गरेका छन् । अध्ययनकर्ताले लण्डनका ११ हजार ५ सय ८ जनामा गरेको अध्ययनमा महिलामा सेक्सप्रति रुची चाँडै नै समाप्त हुन्छ भने पुरुषमा सेक्सप्रति रुचि रहिहन्छ ।

अध्ययनमा ६ हजार ६ सय ६८ महिला र ४ हजार ८ सय ३९ पुरुषहरूलाई सहभागी गराइएको थियो । सहभागी सबै पछिल्लो एक वर्षदेखि आफ्नो पार्टनरसँग सक्रिय रुपले सेक्स गर्दै थिए । अध्ययनमा महिलामा सेक्स प्रति अधिकतम रुची केवल एक वर्षसम्म मात्रै रहन्छ । त्यस पछि उनीहरू सेक्सबाट भाग्न खोज्छन् । तर पुरुषमा यस प्रकारको कुनै परिर्वतन आउँदैन ।

सेक्स लाइफबाट महिलामा तनाव कम अध्ययनकर्ताका अनुसार नियमित सेक्स गर्ने महिलामा तनाव कम हुन सक्छ । उनीहरूको रोग प्रतिरोधात्मक क्षमता पनि अन्यको तुलनामा बढी रहेको अध्ययनले देखाएको छ । यस्ता महिला लामो समयसम्म बाँच्ने पनि गरेका छन् । सातामा कम्तीमा एक पटक सेक्स गर्ने महिलामा उमेर बढ्न थाल्छ भन्ने तथ्य अध्ययनले सार्वजनिक गरेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !