१४ बैशाख २०८१, शुक्रबार

आफ्नो यौन जीवन राम्रो बनाउने टिप्सहरु


शारीरिक सम्बन्धका बिषयमा आधारित रहि अमेरिकाको यूनिभर्सिटी अफ टेक्सासले एक अध्ययन गरेको छ । उक्त अध्ययन अनुसार महिलालाई सम्भोगको बेला उत्तेजित पार्ने पुरुषका केही व्यवहार बारे सुझाब दिएको छ । आफ्नो पार्टनरसँग मानिसक रुपले जोडिन उनीसँग बेडरुम भन्दा बाहिरदेखि नै राम्रो सम्वाद गर्नुपर्छ । यौन पार्टनरसँग उसको वा आफ्नो मनपर्ने सेक्शुअल इच्छाका बारेमा कुरा गर्नुपर्छ ।

यौनपर्टनरको कुरा सुन्ने र कुरा गर्नाले भावनात्मक लगाव पैदा हुन्छ । जसले तपाईंप्रति उनमा माया उत्पन्न हुन्छ । जर्नल अफ साइकोलोजीका अनुसार, महिला सामान्य पुरुषको तुलनामा त्यस्ता पुुरुषप्रति बढी आकर्षित हुन्छन् जसमा सेन्स अफ ह्यूमर हुन्छ । त्यसैले आफ्नो पार्टनरसँग दिनभरको कुरा सेयर गर्ने समय मजाक गर्नु राम्रो मानिन्छ । जर्नल अफ एक्सपेरिमेन्टल सोसल साइकोलोजीका अनुसार महिला त्यस्ता पुरुषतर्फ बढी आकर्षित हुन्छन् जो कुनै पनि विवादमा पर्न चाहदैन र स्मार्ट तरीकाले परिस्थितिको सामना गर्छ ।

सामान्य शरीर जिम गरेर बनाएको सुसंठित शरीर भएका पुरुषलाई महिलाले मन पराउँछन भन्ने सोचाइ छ भने त्यो गलत हो । यूसीएलएद्वारा गरेको एक अध्ययन रिर्पोटमा भनिएको छ । प्रायः महिला त्यस्ता पुरुषलाई मन पराउँछन् जसको शरीर सामान्य हुन्छ । जर्नल अफ सेक्शुअल मेडिसिनका अनुसार कुनै पनि महिलाको सेक्शुअली मोटिभेट गर्नका लागि उनीप्रति बफादार रहनु जरुरी छ । जर्नल इभोल्युशनरी साइकोलोजीमा प्रकाशित एक अध्ययन रिर्पोटका अनुसार, महिला खराब किस गर्ने व्यक्तिसँग धेरैबेर सम्बन्ध जोड्न सक्दैनन् । उनलाई यदि उत्तेजित र उत्कर्षमा पु¥याउने हो भने एक राम्रो किसर बन्नु पर्छ ।-एजेन्सीको सहयोगमा


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !