१४ बैशाख २०८१, शुक्रबार

जण्डिस ठिक पार्न सहयोग गर्ने मूलाको पातको रस खानुका फाइदाहरु


मूलाको पात
डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

मुलाको पातको साग खाने गरेको सबैलाई थाहा थियो होला तर पातको रसले जण्डिस निको हुन सक्छ भन्ने कुरा कमलाई थाहा हुन सक्छ । मुलाको पात खानुका थुप्रै फाइदाहरू पनि छन् । आजको लेखमा मैले मूलाको पातको रस खानाले हुने फाइदाबारे प्रकाश पार्नेछु ।

खासगरी पाचन प्रक्रियामा यसले प्रभावकारी काम गर्छ । मुलालाई सलाद वा अचार दुवैको रुपमा प्रयोग गर्न सकिन्छ । तर हामी मूलाको पात त्यसै फाल्छौं । मूला प्रयोग गरेपनि त्यसको साग मिल्काइ दिन्छौ । यद्यपी मुलाको सागको आफ्नो विशेषता छन् ।

मुलाको पातमा भिटामिन ए, बि, सिका साथै क्लोरिन, फस्फोरस, सोडियम, आइरन, म्याग्नेसियम र अन्य पोषक तत्व पाइन्छ । यो पेटको लागि अत्यन्तै लाभदायक हुन्छ । साथै मुत्र विकारमा पनि यसको सेवन राम्रो मानिन्छ ।

जण्डिसको रोगमा मूलाको पातबाट औषधि बनाउने तरिका

१. मूलाको पात अलि नछिपिएको ल्याउनुस र खलमा थिच्नुस र अन्दाजी ४ गिलास जति रस निकाल्नुहोस् र खस्रो चिनी हाल्नुहोस् र सर्बत जस्तै गरी जण्डिसको रोगीलाई १ हप्ता खान दिनुहोस् । खाएकै दिनबाट यसले काम गर्न थाल्दछ ।

यो पनि पढनुहोस्

गाँजर खानुका फाइदाहरु

सुन्तला खानुका फाइदाहरु

काँचो केरा खानुका फाइदाहरु

बोक्रासहित स्याउ खानुका फाइदाहरु

स्वास्थ्यको लागि मुङको दाल खानुका फाइदाहरु

स्वास्थ्यको लागि पत्ता गोभी खानुका फाइदाहरु

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर, साइन्स इन्फोटेकका सल्लाहकार तथा नेपालपत्रको स्वास्थ्य स्तम्भकार र पत्रकार हुनुहुन्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !