७ बैशाख २०८१, शुक्रबार

बोक्रासहित स्याउ खानुका फाइदाहरु


स्याउ

एजेन्सी, स्याउवाट हामीले स्वास्थ्यको लागि आवश्यक पौष्टिक तत्व प्राप्त हुन्छ । यो हरेक मौसममा सजिलै उपलब्ध हुने स्वादिष्ट फल हो । स्याउ बोक्रासहित खानुका फाइदा पनि छ । ब्रोका निकालेर खाँदा पोषक तत्व निस्केर जान्छ ।

• शरीरमा कोलेस्ट्रोलको मात्रा घटाउनुका साथै सुगर नियन्त्रणमा राख्न मद्दत गर्छ ।
• प्रशस्त मात्रामा फाइबर, क्याल्सियम र एन्टिअक्सिडेन्ट हुन्छ त्यसैले यी पोषक तत्वले मानिसलाई निरोगी बन्न सघाउँछ ।
• शरीरमा रहेको पिएचको मात्रालाई नियन्त्रण गरी पाचनप्रणाली दुरुस्त बनाउन मद्दत गर्छ ।
• कब्जियत कम गर्छ । पायल्सका बिरामीले नियमित स्याउ खाएमा समस्या क्रमशः कम हुँदै जान्छ ।
• मस्तिष्कमा रहेका कोषिकाको रक्षा गर्छ । अल्जाइमरको खतरालाई पनि कम गर्छ ।
• मिर्गौलामा हुने पत्थरीबाट बच्न स्याउको सेवन लाभदायी हुन्छ ।
• मोटोपन हटाउन सहयोगी हुन्छ । हृदयाघात, मधुमेह र मुटुरोगजस्ता समस्या हुने सम्भावना हुँदैन ।
• ब्रोकासहितको फाइबरयुक्त स्याउ खाँदा पित्तथैलीमा जमेर बसेको कोलस्ट्रोललाई बाहिर निकाल्ने काम गर्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !