१४ बैशाख २०८१, शुक्रबार

कस्तो सागसब्जी खाने ? यस्तो छ डा. राम बहादुर बोहराको सुझाव


सागसब्जी
डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

सागसब्जी कस्तो ठिक भन्ने कुरा हरेकले जान्न जरूरी छ । सागसब्जी खरिद गर्दा झरिलो, भरिलो, चम्किलो रोज्छौं । हेर्दै रहरलाग्दा तरकारीले हाम्रो आँखा लोभ्याउँछ । किराले खाएको वा राम्ररी नसप्रिएको तरकारी मन पराउदैनौ ।

राम्रो र चम्किलो देखिने सवै खाले सागसब्जी ताजा हुन्छ भन्ने हाम्रो मानसिकता छ । तर, आँखा लोभ्याउने यस्ता सागसब्जी स्वास्थ्यका लागि भने निकै हानिकारक हुनसक्छ। त्यसैले बजारमा पाइने त्यस्ता सागसब्जी खरिद गर्नुअघि सर्तकता अपनाउनु आवश्यक छ । विविध रसायनको प्रयोगले बढाउँछ चमक अहिले व्यवसायिक खेती गर्ने नाममा थोरै लगानीबाट धेरै मुनाफा खोज्न थालिएको छ ।

यहि चक्करमा परेर सागसब्जीको बोटमा हानिकारक बिषादी, रसायन प्रयोग गर्ने प्रचलन बढेको छ । यस्तो सागसब्जी चाडै बढ्छ, फल्छ, पाक्छ । हेर्दा रहरलाग्दो देखिन्छ । तर, स्वाद भने हुँदैन । न त प्राकृतिक सुगन्ध नै । यस्तो सागसब्जीसँगै हामी विषाक्त पदार्थ पनि खान पुग्दछौं, जसले शरीरमा जटिल रोगहरु निम्त्याउन सक्छ ।

सागसब्जीको चमक अहिले सागसब्जी बिक्री गर्ने होडमा त्यसलाई चम्किलो देखाउने विभिन्न उपाय अपनाएको पाइन्छ । हेर्दा चम्किलो देखेपछि ग्राहले त्यो साग सागसब्जी ताजा ठान्दछन् । तर, यसरी चम्काउनका लागि विक्रेताले विक्री कक्षमा उज्यालो प्रकासको व्यवस्था गरेको हुन्छ ।

मैनको प्रयोग फलफूलमा र सागसब्जीलाई चम्किलो देखाउनका लागि प्रयोग गरेका हुन्छन् । गोलभेडा, खुर्सानीलाई मैनको प्रयोगले चम्किलो बनाउन सकिन्छ । चक्कुले कोट्याएर हेर्दा मैन लगाएको वा नलगाएको थाहा पाउन सकिन्छ ।

हानीकारक रंग केहि फल एवं सागसब्जीलाई राम्रो देखाउनका लागि त्यसमा कृतिम रंगको प्रयोग गरिएको हुन्छ । मटरको दानामा रंग प्रयोग गरिएको हुनसक्छ । यस्तो रंगले स्वास्थ्यलाई निकै हानी गर्छ । के गर्ने त ? बजारमा सागसब्जी वा फलफूल किनमेल गर्दा विशेष ध्यान दिनुपर्छ ।

रंग प्रयोग गरिएको कृतिम ढंगले चम्किलो बनाएको फलफूल, सागसब्जी खरिद गर्नु हुँदैन । सग्लो, किराले नखाएको, चक्किलो सागसब्जीमा रसायन, रंग प्रयोग गरिएको हुनसक्छ । सागसब्जी, फल पकाएर खानुअघि १० वा १५ मिनेट पानीमा डुबाएर राख्नुपर्छ । त्यसपछ उक्त सागसब्जी, फललाई राम्ररी पखालेर मात्र सेवन गर्नुपर्छ । सागसब्जी खरिद गर्दा त्यसको रंग हेर्ने होइन, बरु प्राकृतिक बास्ना छ, छैन जाँच्नुपर्छ ।

यो पनि पढनुहोस्

स्वास्थ्य रहन अपनाउनुपर्ने केहि उपायहरु

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर तथा साइन्स इन्फोटेकका सल्लाहकार हुनुहुन्छ ।

कुमारवर्ती औषधालय


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !