१४ बैशाख २०८१, शुक्रबार

स्वास्थ्य रहन अपनाउनुपर्ने केहि उपायहरु


निरोगी
डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

मानिस स्वस्थ त्यतिबेला रहन सक्छ जतिबेला उसले आफ्नो स्वास्थ्यप्रति चासो देखाउन सक्छ । उ बस्ने घर, कोठाको सरसफाई देखेर सहजै अनुमान लगाउन सकिन्छ । स्वास्थ्य रहन व्यक्तिगत सरसफाइमा जसले जति ध्यान दिन सकेको छ उसको परिवार त्यति नै स्वस्थ रहेको हुन्छ ।

स्वस्थ रहन व्यक्तिगत सरसफाई मात्रले सम्भव हुदैन त्यसका लागि खानपिनमा पनि भर पर्न सक्छ । आज हामीले यसै विषयमा जानकारी पस्कने छौं । व्यक्ति स्वस्थ भए समाज स्वस्थ हुन सक्छ समाज स्वस्थ भए सिंगो राष्ट्र स्वस्थ हुन सक्छ । स्वास्थ्यप्रति सबैले समान विचार राखेर अघि बढ्न आवश्यक हुदैछ । आउनुस स्वस्थ रहन मद्दत गर्ने केहि यस्ता उपायहरुमा ध्यान दिने गरौ ।

१. सरसफाई

स्वास्थ्यको लागि सरसफाई सबैभन्दा महत्वपूर्ण पक्ष हो । कुनै व्यक्ति कति सभ्य छ भन्ने कुरा उसले सरसफाईमा कति ध्यान दिएको भन्ने कुरामा भर पर्दछ । स्वास्थको लागि आफ्नो व्यक्तिगत सरसफाई र आफु बस्ने कोठा, घर, आगन वरिपरिको सफाई दुबैमा ध्यान दिनुपर्ने हुन्छ ।

२. पानी

हाम्रो शरिरमा ८० प्रतिशत पानीको मात्रा र बाँकी २० प्रतिशत मात्र अन्य तत्व रहेको हुन्छ । नुहाई, धुवाई तथा शरिरको बाहिरी सरसफाईको लागि पानि नभई हुदैन । पानीको आवश्यकता शरिरको बाहिरी सफाईको लागि जति छ त्यो भन्दा धेरै शरिरको भित्री सफाईको लागि हुन्छ । जसरी निरोगी र स्वास्थ्यको लागि बाहिरी सरसफाईको आवश्यकता पर्दछ त्यसैगरी भित्री सफाईको आवश्यकता हुन्छ र शरिरको भित्री सरसफाईको लागि प्रशस्त रुपमा पानी पिउनु अनिवार्य छ ।

३. आहार

हरेक प्राणीहरु खानकै लागि संघर्ष गरिरहेका हुन्छन । खानाकै लागि मानिसहरुले पनि ठूलो दुःख र परिश्रम गरिरहेका छन । आदिम मानिसहरु खानाकै उत्पादन, संकलन, भण्डारका लागि एक ठाउमा स्थिर भई बस्न थाले र मानव समाज फिरन्ते युगबाट कृषि युगमा रुपान्तरण भएको थियो ।

४. विहार

यो संसार नै निश्चित नियममा चलेको छ । नियम बाहिर गएपछि प्राकृतिक असन्तुलन हुन्छ र संसार नासिन्छ । बिहान हुनु, घाम लाग्नु, अस्ताउनु, रात हुनु, ऋतु फेरिनु, बर्षा हुनु, ठंडी आउनु प्राकृतिका नियमित क्रियाकलापहरु हुन् । यस्ता नियमित प्राकृतिक क्रियाकलापहरु परिवर्तन भएमा जीव जगतकै अस्तित्वमा संकट आउन सक्छ । यस्तै प्रकारले हाम्रो आफ्नो स्वास्थ्यको लागि पनि हामी निश्चित नियमहरु पालना गर्नुपर्दछ र नियममा चलेनौं भने हाम्रो स्वास्थ्यमा पनि गडबडी हुन्छ ।

५. वायु

प्राणी जगतको अस्तित्व खास वातावरणमा सम्भव छ जुन वातावरण पृथ्वीको वरीपरी वायूमण्डलको रुपमा रहेको छ । यो वायूमण्डलमा अक्सिजन, कार्बनडाइ अक्साइड, हाइड्रोजन, नाइट्रोजन, आदि विभिन्न ग्यासहरु छन र तीनमा अक्सिजन सम्पूर्ण प्राणी जगतको प्राणवायू हो । खान नपाए हप्तौं बाच्न सकिन्छ, पानी नपाए चार दिन बाच्न सकिन्छ तर श्वाश लिन बन्द गरे हामी दुई मिनट पनि बाच्न सक्दैनौं । मानिस तथा प्राणीहरुको लागि अक्सिजनको धेरै महत्व छ । हाम्रो शरिरमा प्रशस्त अक्सिजन भयो भने छुट्टै स्फूर्ती आउछ र अक्सिजनको मात्रा कम भयो भने जागर लाग्दैन, अल्छी लाग्छ, हाई आउछ ।

६. विचार

कुनैपनि काम गर्नु भन्दा पहिला त्यो कामको बारेमा मनबाट कल्पना गरिन्छ । म कम्जोर छु, विरामी छु भन्ने नकारात्मक विचार सोची रहियो भने त्यसले शरिरमा रोग प्रतिरोधि क्षमता नास गर्ने रसायन उत्पादन गर्दछ र अझै कम्जोर र रोगी भईन्छ । त्यही भएर रोगी भएपनि निरोगी बन्नतर्फ सवै लाग्नु पर्दछ ।

७. प्राकृतिक उपचार

प्राकृतिक उपचार भनेको आहार, विहारमा सुधार गर्ने र पानी, माटो, प्रकाश, योग, ध्यान, मसाजका माध्यमबाट उपचार गर्ने हो । यस पद्धतीमा रोग अनुसार चिसो पानी, तातो पानी, स्टीम बाथ, एनिमा, मसाज, माटो, प्रकाश तथा योगा विधिहरु अपनाएर उपचार गरिन्छ साथै रोग अनुसार आहारमा सुधार र परहेज गर्नु पर्दछ ।

८. आर्युवेदिक उपचार

यस धर्तीमा उपलब्ध सबै प्रकारका अन्न, कन्दमूल, फलफुल, बनस्पती बोटविरुवा हाम्रा लागि औषधि हुन । हामीले निश्चित तौरतरिका र नियम अपनाएर प्रयोग गर्न जान्यौं भने औषधि नत्र बिष पनि हुन सक्दछ । पूर्विय संस्कृति र परम्परा अनुसार जडिबुटीबाट उपचार गर्ने पद्धती “आर्युवेद” चार वेद मध्यको एक हो । यस पद्धतीमा मानिसको शारिरिको भौतिक संरचना एकै प्रकारको भएतापनि शरिरको प्रकृति फरक-फरक हुन्छ र त्यस अनुसार उपचार गर्नु पर्दछ । आर्युवेद अनुसार मानिसको शरिर वात, पीत्त र कफ गरी ३ प्रकृतिका हुन्छन । रोग निदानको लागि शरिरको प्रकृति अनुसार जडिबुटी सेवन गर्नु पर्दछ र आहार विहारमा सुधार गर्नु पर्दछ ।

९. प्रकृतिको देन

प्रकृतिको देनलाई जबसम्म हामीले बुझ्न सक्ने छैनौं तबसम्म हामी रोगको दल दलमा फस्नेछौं । जसरी मानवको जन्म भएको हुन्छ त्यसरी नै प्रकृतिले हामीलाई हरेक कुरा दिएको छ । हाम्रो सानो लापरबाहीले गर्दा हामी रोगी हुने गरेका हुन्छौं यसतर्फ सबैको ध्यान पुग्न जरूरी देखिन्छ ।

यो पनि पढनुहोस्

जीवनमा सफल हुन यसो गर्नुहोस्

यस्तो छ योग र यसको महत्व, जानी राखौ

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर तथा साइन्स इन्फोटेकका सल्लाहकार हुनुहुन्छ ।

कुमारवर्ती औषधालय


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !