७ बैशाख २०८१, शुक्रबार

जीवनमा सफल हुन यसो गर्नुहोस्


सफल
डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

यो युग भनेको प्रतिस्पर्धाको युग हो केहि पाउन केहि न केही गर्नुपर्छ र अवश्य सफलता हात लाग्नेछ । अर्कोतर्फ निरन्तर गुणात्मक परिणाम दिने हिम्मत राख्यो भने मात्र सफलताको दिशामा अघि बढ्न सकिनेछ ।

सफलता पाउन र त्यसलाई कायम राख्न दुवै कुरामा मेहनत जरुरी हुन्छ तर भित्रदेखि शान्त भएर कुनै काम गर्न सकिएन भने चाँहि सफलताले समेत सन्तुष्टी दिँदैन । यदी तपाई जीवनमा सफलता चाहनुहुन्छ भने सफल व्यक्ति बारेमा जान्ने प्रयास गर्नुहोस् ।

एउटा कुरा सधै यादमा राख्नुस् कि सफलता र असफलताको पछाडि तपाइैको इच्छाशक्तिको भूमिका हुन्छ । चाहनाले मात्र मानिस सफल हुँदैन त्यसका लागि तपाईले कडा मिहेनत गर्नुपर्दछ । भगवान शिवले भन्नु भएको छ त गर म दिन्छु तर यदि त अल्छी गर्छस् भने केही पाउने छैनस ।

सफल बन्ने होड छ भने सुत्नुअघि पढ्नका लागि समय छुट्याउनुस् । यो जरुरी छैनकी तपाई विषयसँग सम्बन्धित पुस्तक पढ्नुहोस् । तपाईले प्रेरणात्मक कहानी, व्लग्स, साहित्य या समाचार भएपनि पढ्ने बानी विकास गर्नुहोस् ।

मानिस जन्मदेखि मृत्यसम्म भागदौड मै समय बितेको हुन्छ । यदि तपाईले हरेक विषयलाई सकारात्मक रुपमा लिनुभयो भने तपाईलाई निन्द्रा राम्रोसँग लाग्ने छ भने तनाव कम हुन जानेछ । सफल हुने चाहना भएमा मादक पदार्थ, जुवातासबाट टाढा बस्नुहोस् । यसले परिवारका साथै तपाईको काममा पनि असर गर्छ ।

तपाईसँग अथह धन पैसा छ तर परिवारको लागि केहि गर्न सक्नुभएन भने त्यसले कुनै अर्थ राख्दैन । सफल व्यक्तिले अफ्नो सफलताको श्रेय परिवारलाई दिन्छ जसले गर्दा उसलाई आत्मसन्तुष्टि मिल्छ भने काममा परिवारका सदस्यहरुको सहयोग हुन्छ ।

मैले यस्ता थुप्रै घर परिबार देखेको छु कुनैबेला उनीहरू संग छाक कसरी टारौं भन्ने थियो तर आज नसोचेको सफलता पाय आज उनीहरू धनाढ्य छन् यस्को रहस्य हो बचत गर्ने बानी । मेहनत गर्नुहुन्छ पायको पैसा फिजुल खर्चमा डुबाउनु हुन्छभने जीवनमा कहिलै सफल हुने सपना नदेख्दा हुन्छ ।

हरेक सफल व्यक्ति काममा जानु पूर्व थोरै अवधिका लागि भए पनि ध्यानमा बस्छन् । यसबाट हजुरका दिन र दिमाग चिन्ताबाट टाढा भाग्ने छ । मेहनत सफलताको कडिहो जहाँ मेहनत र परिश्रम हुने गर्छ त्याहा सफलताले साथ दिन्छ यसमा दुईमत छैन् ।

यो पनि पढनुहोस्

यी राशिहरु बीचको प्रेम र विबाह कहिल्यै सफल हुँदैन

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर तथा साइन्स इन्फोटेकका सल्लाहकार हुनुहुन्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !