१३ बैशाख २०८१, बिहिबार

यस्तो छ योग र यसको महत्व


योग

यस्तो छ योग र यसको महत्व, जानी राखौ । योग गर्नाले मानिसलाई स्वस्थ रहन धेरै मद्दत गरेको हुन्छ । योगबारे छोटो जानकारी आज मैले पाठक सामु पस्कन गइरहेको छु । योग मानिसले मात्र होइन पशुपन्छिले समेत गरेको हुन्छ । योग वा व्यायाम भन्नाले बिरामीका लागि मात्रै उपचार गर्ने विधि नभई यो एउटा प्राकृतिक स्वस्थ्य जीवनशैली प्राप्त गर्ने माध्यम पनि हो ।

सामान्य रुपमा योगलाई शारीरिक अभ्यासका रुपमा लिने गरिन्छ । तर योगभित्र धेरै नै राम्रा पक्षहरु रहेका छन् । योगले मानिसलाई शारीरिक, मानसिक, आध्यात्मिक, संवेदनात्मक र त्यस्तै धेरै रुपमा मानिसलाई स्वस्थ राख्न ठूलो भूमिका खेलेको हुन्छ ।

योगको महत्व किन छ ?

योग उपचार बिधि बिरामीका लागि मात्रै उपचार गर्ने विधि नभई यो एउटा प्राकृतिक स्वस्थ्य जीवनशैली हो । दैनिक योग गर्नाले हाम्रो शरीर स्वस्थ रहन मद्दत गर्दछ ।

योग कस्तो गर्दा ठिक हुन्छ ?

योग कस्तो गर्नाले हाम्रो स्वास्थ्य राम्रो हुनसक्छ भन्ने प्रसंगमा योग धेरै प्रकारको छ । आफुले गर्न सक्ने जस्तोसुकै योग किन नहोस् गर्नुस्, यसले फाइदा हुन्छ । योग नगर्ने मानिस चाँडो मर्छ ।

हरेक उमेर समूहका लागि योग आवश्यक हुन्छ । आजको भागदौडको जीवनमा त शारीरिक तन्दुरुस्तीको सहज उपाय योग नै हो । योगीहरुका अनुसार, योगबाट मानसिक रोगदेखि दीर्घ रोगसम्म निको हुन सक्ने बताउछन् ।

यो पनि पढनुहोस्

विद्यार्थीहरूको पढाई र जाँचमा सफलता प्राप्त गर्ने हनुमान चालिसा श्लोक

जीवनमा सफल हुन यसो गर्नुहोस्

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर तथा साइन्स इन्फोटेकका सल्लाहकार हुनुहुन्छ ।

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !