१३ बैशाख २०८१, बिहिबार

हामीले प्राकृतिक नियमलाई नमान्दा हुन सक्छ धोका


डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

हिन्दू धर्ममा प्राकृतिकलाई बढी जोड दिएको पाइन्छ । नमस्कार गर्नु, हात मुख नधोई खाना पानी नखानु, दिसा पिसाब गर्दा जनै कानमा राख्ने, जडिबुटीको प्रयोग बढी गर्ने तन्त्र-मन्त्रमा बढी विश्वास गर्ने जस्ता विषयवस्तुलाई बढी जोड दिएको पाइन्छ ।

बर्तमान अवस्थामा फैलिएको नोबेल कोरोनाले दिएको सन्देश पनि हिन्दू धर्मसंग मेल खान्छ । आज हामीले आफ्नो संस्कृतिलाई त्याग्दै मानव निर्मित खाद्य पदार्थमा बढी जोड दिने गर्नाले नै नयाँ नयाँ रोगको दलदलमा फस्दै गएका छौं ।

जडिबुटी उपचार गर्दा मन्त्रद्वारा सिद्ध गरेर उपचार गर्ने भनेको छ तर यसो नगर्दा जडिबुटीले त्यति काम नगरेको हुन सक्छ । हामीले हिन्दू धर्मका सिद्धान्त नमान्नाले आज दु:ख पिडा भोग्नु परेको छ ।

स्वास्थ्यका लागि हामीले यस्ता नियमको पालना नगर्नाले आज हामीले पिडा भोग्नु परेको देखिन्छ । खाना खादा कुर्सीमा बसेर होइन चाकलमाडी बसेर खाना खाने बानी बसाल्नुपर्छ ।

खाना खाँदा कसैसंग नबोली खाने खाना खाँदा टिभी नहेर्ने भनेको छ । यसो गर्दा हाम्रो खाना राम्रोसँग पचाउन सहज हुने हुन्छ यसले पेट सम्बन्धी अनेकौं रोगबाट हामीलाई बचाउन सक्छ ।

हामीले आफ्नो दैनिक जीवनमा प्रकृतिको सिद्धान्तलाई पालना गर्न सकेको खण्डमा अनेकौं रोगको दलदलबाट आफुलाई बचाउन सक्नेछौं । आज जति पनि रोग हामीले देखेका छौं सवै लापरबाहीको प्रतिफल हो भन्दा खासै फरक छैन ।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर, साइन्स इन्फोटेक र नेपालपत्रका सल्लाहकार तथा नेपालपत्रको स्वास्थ्य स्तम्भकार हुनुहुन्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !