२५ बैशाख २०८१, मंगलबार

भारतकी २१ वर्षीया सन्धुले जितिन् मिस युनिभर्स-२०२१ को उपाधि


हरनाज कौर सन्धु

काठमाडौं । भारतकी सुन्दरी हरनाज कौर सन्धुले मिस युनिभर्स-२०२१ को ताज जितेकी छन् । सन्धुले ७० जना प्रतिस्पर्धीलाई पछि पार्दै मिस युनिभर्स-२०२१ को ताज जितेकी छन् ।

स्रोतका अनुसार इजरायलको इएलाटमा आयोजित ७०औं मिस युनिभर्स प्रतियोगिताको फाइनलमा पाराग्वे र दक्षिण अफ्रिकाका सुन्दरीलाई पछि पार्दै सन्धुले मिस युनिभर्सको ताज पहिरिन सफल भएकी हुन् । २१ वर्षीया सन्धु मिस युनिभर्स बन्ने तेस्रो भारतीय सुन्दरी हुन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !