१६ जेष्ठ २०८१, बुधबार

बागमतीका मुख्यमन्त्री जम्कट्टेल नर्भिक अस्पताल भर्ना


शालिकराम जम्मकट्टेल

काठमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेल नर्भिक अस्पताल भर्ना भएका छन् । कार्यक्रमको सिलसिलामा सिन्धुलीमा पुगेका जम्कट्टेलमा श्वासप्रश्वाससम्बन्धी समस्या देखिएपछि हेलिकप्टरमार्फत काठमाडौँ ल्याएर नर्भिक अस्पताल भर्ना गरिएको हो ।

अहिले उनको नर्भिक अस्पतालको इमर्जेन्सीमा भर्ना गरेर उपचार जारी राखिएको छ । रामेछापको मन्थली-३ मा खानेपानी आयोजना उदघाटन कार्यक्रममा जाँदै गर्दा स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि मुख्यमन्त्री जम्कट्टेललाई बीच बाटोबाटै सेनाको हेलिकोप्टरमार्फत काठमाडौँ ल्याइएको हो ।

रामेछापको सुनकोशी गाउँपालिकाको खाल्टे भन्ने स्थानमा पुग्दा प्रेसर लो र अक्सिजनको लेभल कम देखिएपछि उनलाई हेलिकप्टरबाट काठमाडौं ल्याइएको हो । काठमाडौँ ल्याउनुअघि उनको सिन्धुलीको आत्मीय सामुदायिक अस्पतालमा प्राथमिक उपचार गरिएको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !