१८ बैशाख २०८१, मंगलबार

मदिरा सेवन गरी होहल्ला गरेको आरोपमा गायक राजेश पायल राई पक्राउ


राजेश पायल राई

काठमाडौं । गायक राजेश पायल राई पक्राउ परेका छन् । मदिरा सेवन गरी होहल्ला गरेको आरोपमा गायक राई गएराति पक्राउ परेका हुन् ।

गएराति २ बजेतिर काठमाडौंको मदन भण्डारी कलेज नजिकैबाट राईसहित ३ जना कलाकारलाई प्रहरीले पक्राउ गरेर प्रहरी वृत्त नयाँबानेश्वरको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रहरीले होहल्ला नगर्न आग्रह गर्दा उल्टै प्रहरीलाई धम्की दिएपछि उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनीहरूसँगै अन्य पाँचजना अन्य क्षेत्रका पनि पक्राउ परेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !