१५ जेष्ठ २०८१, मंगलबार

बागमतीका मुख्यमन्त्री जम्कट्टेल बिरामी, हेलिकप्टरबाट काठमाडौं ल्याइँदै


शालिकराम जम्मकट्टेल

काठमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेल बिरामी भएका छन् । कार्यक्रमको सिलसिलामा सिन्धुलीमा पुगेका जम्कट्टेलमा श्वासप्रश्वाससम्बन्धी समस्या देखिएको बताइएको छ ।

रामेछापको मन्थली-३ मा खानेपानी आयोजना उदघाटन कार्यक्रममा जाँदै गर्दा स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि मुख्यमन्त्री जम्कट्टेललाई बीच बाटोबाटै काठमाडौँ ल्याउन सेनाको हेलिकोप्टर पठाइएको हो ।

रामेछापको सुनकोशी गाउँपालिकाको खाल्टे भन्ने स्थानमा पुग्दा प्रेसर लो र अक्सिजनको लेभल कम देखिएपछि उनलाई हेलिकप्टरबाट काठमाडौं ल्याउन लागिएको हो ।

सेनाको हेलिकोप्टरले उनलाई काठमाडौँ ल्याएर नर्भिक अस्पतालमा उपचार गर्ने तयारी गरिएको छ । त्यसअघि उनको सिन्धुलीको आत्मीय सामुदायिक अस्पतालमा प्राथमिक उपचार भइरहेको जनाइएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !