१८ बैशाख २०८१, मंगलबार

ताइवानमा ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प


ताइवानमा ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प

काठमाडौं । ताइवानमा ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ । ताइवानको राजधानी ताइपेमा २५ वर्षयताकै ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको हो ।

अमेरिकी भौगर्भिक सर्वेक्षणका अनुसार बुधबार बिहान गएको भूकम्पको केन्द्र हुलियन सहरबाट १८ किलोमिटर दक्षिणमा रहेको छ । भूकम्पपछि ६.५ म्याग्निच्युडसहितका थुप्रै ठूला परकम्प आइरहेको बीबीसीले जनाएको छ ।

ताइवानको धेरै पहाडी भित्री भागमा, सामाजिक सञ्जालमा पोस्ट गरिएका भिडियोहरूले भूकम्पले ठुलो भूस्खलन भएकाे देखाउँछ। भूकम्पपछि ताइपेका कतिपय स्थानमा विद्युत् आपूर्ति बन्द भएको छ ।

भूकम्पले पुर्‍याएको क्षतिको विवरण आउन भने बाँकी छ । यद्यपि, थुप्रै घरमा क्षति भएको जानकारी ताइवानको रक्षा मन्त्रालयले दिएको छ । सरकारले राहत र क्षति न्यूनीकरण गर्न सैन्य फौज पठाइएको मन्त्रालयले जनाएको छ । ताइवानको सेन्ट्रल वेदर एडमिनिस्ट्रेसनका प्रवक्ताका अनुसार यो २५ वर्षयताकै ताइवानमा आएको सबैभन्दा ठूलो भूकम्प हो ।

यसैबीच जापानमा सुनामीको चेतावनी दिइएको छ । जापानको मौसम विज्ञान विभागले मियाकोजिमा र ओकिनावामा सुनामी आउने चेतावनी दिइएकाे बीबीसीले जनाएको छ ।

यस्तै समाचार संस्था सीएनएनले भूकम्पपछि फिलिपिन्समा पनि सुनामीको चेतावनी जारी गरिएको जानकारी दिएकाे छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !