१८ बैशाख २०८१, मंगलबार

गायक राजेश पायल राई रिहा


राजेश पायल राई

काठमाडौं । गायक राजेश पायल राई रिहा भएका छन् । मदिरा सेवन गरेर होहल्ला गरेको आरोपमा राई हिजो बुधबार पक्राउ परेका राईलाई आज बिहीबार प्रहरीले रिहा गरेको हो ।

प्रहरी वृत्त नयाँ बानेश्वरमा रहेका गायक राईसहित ८ जनालाई रिहा गरिएको प्रहरीले जनाएको छ । राईसहित तीन जनालाई मदन भण्डारी कलेज अगाडिबाट हिजो राती २ बजे प्रहरीले पक्राउ गरेको थियो ।

प्रहरीले होहल्ला नगर्न आग्रह गर्दा उल्टै प्रहरीलाई धम्की दिएपछि उनीहरुलाई पक्राउ गरिएको थियो । पक्राउ परेका ८ जनालाई सम्झाई बुझाई गरी आफन्तको जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !