, राजनीति

राजनीति

  • प्रदर्शन स्थगन गर्न साझा पार्टीको आग्रह

    काठमाडौँ, ३१ जेठ । साझा पार्टीले सरकारबाट कोरोना रोकथाम, नियन्त्रण तथा उपचारमा राज्यको खर्चको फाँटवारी सार्वजनिक र महामारीविरुद्धका योजनालाई थप प्रभावकारी बनाउने प्रतिबद्धता जनाएकाले प्रदर्शन स्थगन गर्न आह्वान गरेको छ । सो पार्टीले आज विज्ञप्ति जारी गरी पछिल्ला दिनमा भएका प्रदर्शनलाई सम्बोधन गरी पिसीआर परीक्षणको दायरा थप बढाउन सरकारले जारी गरेको सार्वजनिक प्रतिबद्धतालाई शङ्काको सुविधासहित […]

  • सरिता गिरी

    जनता समाजवादी संसदीय दलको बैठक बस्दै, सरिता गिरीलाई कारवाही होला त ?

    ३१ जेठ, काठमाडौं । जनता समाजवादी पार्टी संसदीय दलको बैठक आज बस्दै छ । सांसद सरिता गिरी संविधान संशोधनको विपक्षमा उभिएपछि के गर्ने भनेर छलफल गर्न बैठक आइतबार बिहान ११ बजे बोलाइएको पार्टीका प्रमुख सचेतक उमाशंकर अरगरियाले जानकारी दिए । नेपालको नयाँ नक्सा निशानछापमा अध्यावधिक गर्न संविधान संशोधनमा गिरीले त्यसको विरोध गर्दै संविधान संशोधन गर्न […]

  • गोकुल बास्कोटा

    बास्कोटाको आक्रोश: गगन थापा मन्त्री हुँदा स्वास्थ्य क्षेत्रमा भएको भ्रष्टाचारको जिम्मा कसले लिने, ठुला कुरा गर्ने ?

    काठमाडौँ, ३० जेठ । नेपाल कम्युनिष्ट पार्टीका नेता गोकुल बास्कोटाले कांग्रेसका युवा नेता गगन थापामाथि पनि गम्भीर प्रश्न गरेका छन् । नेता बास्कोटाले नेता थापा स्वास्थ्यमन्त्री हुँदाको समयमा भएको घटोलाको बारेमा प्रश्न गरेका छन् । कोरोना रोकथाममा सरकार असफल भएको भन्दै कांग्रेसले ज्ञापनपत्र बुझाईएको समयमा बास्कोटाले कांग्रेसका सभापति शेरबहादुर देउवाको सरकारले पनि केहि काम गर्न […]

  • प्रदीपकुमार ज्ञवाली

    क्यानाडा र बेलायतका विदशेमन्त्रीसँग मन्त्री ज्ञवालीको वार्ता

    काठमाडौँ, ३० जेठ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले क्यानाडाका विदेशमन्त्री फ्रान्कोइस फिलिप चाम्पाने र बेलायतका विदेश राज्यमन्त्री लर्ड अहमदसँग बेग्लाबेग्लै टेलिफोन वार्ता गर्नुभएको छ । वार्तामा मन्त्रीत्रयबीच कोभिड–१९ को महामारी तथा त्यसको नियन्त्रणका लागि आफ्नो देशका सरकारले निर्वाह गरेका भूमिकाबारे विचारविमर्श हुनुका साथै अहिलेको कठिन परिस्थितिमा सहकार्य र साझेदारीमा उहाँहरूले जोड दिनुभएको परराष्ट्र मन्त्रालयले जनाएको छ […]

  • नेपाली काँग्रेस संसदीय दल

    नेपाली काँग्रेस संसदीय दलको बैठक भोली बस्ने

    काठमाडौँ, जेठ २९ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले संसदीय दलको बैठक बोलाएको छ । भोली शुक्रबार दिउँसो २ बजे संघीय संसद भवन बानेश्वरस्थित ल्होत्से हलमा बैठक बस्ने नेपाली कांग्रेस संसदीय दलले जानकारी दिएको छ । सरकारले ल्याएको संविधान संशोधन विद्येयकमा नेपाली काँग्रेसले यसअघि नै समर्थन गर्ने बताइसकेको छ । हालै बसेको केन्द्रीय कार्यसमिति बैठकले […]

  • नेपाली कांग्रेस

    काँग्रेसले असार २ गते सरकारको ध्यानाकर्षण गराउने

    काठमाडौँ, २९ जेठ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले कोरोना भाइरसको संक्रमणका कारण बनेको परिस्थितिबारे सरकारको ध्यानाकर्षण गराउन आगामी असार २ गते स्वदेश र विदेशबाट एक साथ कार्यक्रम गर्ने भएको छ । कोरोनाको महामारी रोकथाम र नियन्त्रण गर्न, यसका अल्पकालीन र दीर्घकालीन नकारात्मक प्रभाव न्यून गर्न, जनताको सरोकार र आवश्यकताका विषयलाई सम्बोधन गराउनका लागि नेपाल […]

  • बालुवाटारमा प्रदर्शनकारीमाथि अश्रु ग्यास, पानीको फोहोरा र लाठी चार्ज

    बालुवाटारमा प्रदर्शनकारीमाथि अश्रु ग्यास, पानीको फोहोरा र लाठी चार्ज

    काठमाडौँ, जेठ २९ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार अगाडि  र नक्साल क्षेत्रमा सडकमा प्रदर्शनमा उत्रिएका प्रदर्शनकारीमाथि प्रहरीले अश्रु ग्यास, पानीको फोहोरा र लाठी चार्ज गरेको छ । अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) तथा काेराेना महामारीमा सरकारकाे कमजाेर प्रयासकाे विरोधमा काठमाडौँमा भएको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ । कोरोनाभाइरस महामारी रोकथाम तथा नियन्त्रणमा सरकारले प्रभावकारी काम गर्न […]

  • मन्त्रिपरिषद्

    लकडाउन तीन चरणमा खुकुलो पार्ने मन्त्रिपरिषद्को निर्णय, आज बिहीबारदेखि के-के खुल्दैछन् त ?

    काठमाडौँ, जेठ २९ । नेपाल सरकारले लकडाउन खुकुलो बनाउने निर्णय गरेको छ । उच्चस्तरीय समन्वय समितिको प्रस्ताव अनुसार मन्त्रिपरिषद्को हिजो बुधबार राति सम्पन्न बैठकले उक्त निर्णय गरेको हो । सरकारले समितिको प्रस्ताव अनुसार तीन चरणमा लकडाउन खुकुलो पार्ने तयारी गरेको छ । हिजो बसेको मन्त्रिपरिषद्‍ले गरेका निर्णय औपचारिक रुपमा सार्वजनिक गरिएको छैन । सरकारका प्रवक्ता […]

  • मन्त्रिपरिषद्

    मन्त्रिपरिषद्को निर्णय : बजार खोल्ने र जोरबिजोर प्रणालीमा गाडी चल्न दिने

    काठमाडौं, जेठ २८ । नेपाल सरकारले बजार खोल्ने र जोरबिजोर प्रणालीमा निजी सवारी साधनलाई चल्न दिने निर्णय गरेको छ । आज बुधबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले लकडाउनको मोडालिटी परिवर्तन गर्दै कोरोनाको अवस्था सामान्य भएका ठाउँमा जोरबिजोर प्रणालीमा गाडी चल्न दिने निर्णय समेत गरेको एक मन्त्रीले जानकारी दिएका छन् । त्यसैगरी सुरक्षाका मापदण्ड […]

  • मन्त्रिपरिषद्को निर्णय

    असार १ गतेदेखि सरकारी कार्यालय खोल्ने मन्त्रिपरिषद्को निर्णय

    काठमाडौँ, जेठ २८ । आउँदो असार १ गतेदेखि सरकारी कार्यालयहरु खुल्ने भएका छन् । आज बुधबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले असार १ गतेदेखि सरकारी कार्यालयहरु खोल्ने निर्णय गरेको हो । कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि भन्दै सरकारले गत चैत ११ गतेदेखि देशभर लकडाउन सुरु गर्नुका साथै अत्यावश्यक सेवा प्रदान गर्ने […]

  • केपी शर्मा ओली र आदित्यनाथ योगी

    आदित्यनाथ योगीले नेपाललाई धम्क्याउन खोज्नु अनुचित : प्रधानमन्त्री ओली

    काठमाडौँ, २८ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतको उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथ योगीले नेपाललाई धम्क्याउन खोज्नुभएको हो भने त्यो उचित नभएको बताउनुभएको छ । प्रतिनिधिसभाको बैठकमा आज विनियोजन विधेयक, २०७७ अन्तर्गत छलफलमा उठेका प्रश्नको प्रधानमन्त्रीले दिएको जवाफमा सांसद प्रेम सुवालले मुख्यमन्त्री योगीले नेपालले सीमा निर्धारण गर्दा परिणामबारे सोच्नुपर्ने र तिब्बतले गरेको गल्ती सम्झनुपर्ने धम्की […]

  • केपी शर्मा ओली

    अतिक्रमित भू-भाग कूटनीतिक आधारमा फिर्ता लिन्छौ : प्रधानमन्त्री ओली

    काठमाडौँ, २८ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालका लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र भारतले आफ्नो सेना राखेर कब्जा गरेको बताउँदै सरकारले तिनलाई कूटनीतिक माध्यमबाट फिर्ता लिने स्पष्ट पार्नु भएको छ । विनियोजन विधेयक, २०७७ अन्तर्गत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोगको सचिवालय, राष्ट्रपतिको कार्यालय एवं उपराष्ट्रपतिको कार्यालयका विभिन्न शीर्षकमाथिको छलफलमा उठेका प्रश्नको आज […]

  • केपी शर्मा ओली

    राष्ट्रियताका सम्बन्धमा देखिएको एकताप्रति गर्व गर्छु : प्रधानमन्त्री ओली

    काठमाडौँ, २८ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रियताका सवालमा मङ्गलबार प्रतिनिधिसभामा देखिएको अभूतपूर्व एकताप्रति गर्व महसुस भएको बताउनुभएको छ । विनियोजन विधेयक, २०७७ अन्तर्गत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय तथा सम्बन्धित निकायका शीर्षकमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिनुअघि प्रतिनिधिसभा बैठकमा उहाँले सभामा देखिएको असाधारण एकताले आजका राष्ट्रियता र कोभिड –१९ वा यसले उत्पन्न गरेका जटिलताको […]

  • प्रधानमन्त्री ओलीले संसदमा

    प्रधानमन्त्री ओलीले संसदमा बजेटमाथि उठेका प्रश्नको जवाफ दिँदै

    काठमाडौँ, जेठ २८ । प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले संसदमा सम्बोधन गरिरहेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रियताको मुद्दामा संसदमा राष्ट्रिय एकता देखिएको भन्दै खुसी व्यक्त गरेका छन् । प्रधानमन्त्री कार्यालयको बजेटबारे उठेका प्रश्नको जवाफ दिदैछन् । उनले लिम्पियाधुरासहित महाकाली पूर्वका भूभागलाई समेटेर जारी गरिएको नयाँ नक्साअनुसार निशान छाप परिवर्तन गर्न सरकारले ल्याएको संविधान […]

  • नेपालको नयाँ नक्सा

    नयाँ नक्सा जारीपछि भारतसँगको वार्तामा नेपाल बलियो : प्रतिनिधिसभाका सदस्यहरु

    काठमाडौँ, २७ जेठ । प्रतिनिधिसभाका सदस्यहरुले नेपालको अन्तर्राष्ट्रिय सीमासहितको नयाँ नक्सा जारी हुनुले छिमेकी भारतसँगको कूटनीतिक वार्तामा नेपाली पक्ष बलियो हुने जनाउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा नेपालको संविधान (दोस्रो संंशोधन) विधेयक, २०७७ माथिको सैद्धान्तिक छलफलमा उहाँहरुले लामो समयदेखि थाती रहेको सीमा मुद्दालाई किनारा लगाउने क्रममा नयाँ नक्सा जारी गरी संधिवान संशोधन प्रस्ताव ल्याउने आँट […]

  • प्रतिनिधिसभा

    संविधान संशोधन विधेयक प्रतिनिधिसभाबाट सर्वसम्मतिले स्वीकृत

    काठमाडौँ, जेठ २७ । प्रतिनिधिसभाको आजको बैठकले ‘नेपालको संविधान (दोस्रो संंशोधन) विधेयक, २०७७ लाई विचार गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ । सत्तापक्ष र प्रतिपक्षका सांसदले एकै स्वरले समर्थनसहित सैद्धान्तिक छलफल समाप्त भएपछि सभामुख अग्निप्रसाद सापकोटाले स्वीकृतिका लागि निर्णयार्थ प्रस्तुत गर्दा ‘हुन्न’ भन्ने आवाज सुनिएन । बैठकले सो प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको हो । […]

  • प्रतिनिधिसभा_संसद

    नयाँ नक्शासहितको संविधान संशोधनमाथि सत्ता र विपक्षीको समर्थन

    काठमाडौँ, २७ जेठ । प्रतिनिधिसभाको आजको बैठकमा नेपालकोे नयाँ नक्शालाई अनुसूचीमा समावेश गर्न पेश भएको ‘नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७७’ विधेयक सत्तापक्ष र विपक्षी दलको समर्थन देखिएको छ । बैठकमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री डा शिवमाया तुम्बाहाङ्फेले विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव पेश गरेपछि भएको सैद्धान्तिक (सामान्य) छलफलमा यस्तो समर्थन देखिएको हो । […]

  • द्वन्द्व पीडितलाई न्याय दिएरै छाडिन्छः कानूनमन्त्री

    काठमाडौँ, २६ जेठ । कानून, न्याय तथा संसदीय मामिलामन्त्री डा. शिवमाया तुम्बाहाङ्फेले शान्ति प्रक्रियालाई टुङ्गोमा पु¥याउन बजेटको अभाव हुन नदिने बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा आर्थिक वर्ष २०७७/०७८ को बजेटमा कानून मन्त्रालयमा उठेका प्रश्नको जवाफ दिँदै उहाँले दशवर्षे सशस्त्र द्वन्द्वका समयकाका पीडितलाई न्याय दिने कामलाई टुङ्गोमा पु¥याएर छाडिने बताउनुभयो । शान्ति प्रक्रियाअन्तर्गत पीडितलाई न्याय […]

  • राजेन्द्र महतो

    महतोले गरे पार्टीको वास्तविक खुलासा: अध्यक्ष बाबुराम हो, पार्टी दर्ता सजिलो बनाउन चौथोमा राखिएको हो

    काठमाडौं, जेठ २६ । जनता समाजवादी पार्टीका नेता राजेन्द्र महतोले जनता समाजवादी पार्टीको संघिय परिषद्को अध्यक्ष डा. बाबुराम भट्टराई नै रहेको बताएका छन् । निर्वाचन आयोगमा पार्टी दर्ता गराउदाँ हिजो उनको नाम चौथो नम्मरमा रहेकाले उनको भूमिका माथी प्रश्न उठिरहेका बेला संघिय परिषद्को अध्यक्ष उनी नै हुने पार्टीका नेता महतोले स्पष्ट परेका हुन् । महतोले […]

  • नेकपा सचिवालय बैठक

    एमसिसीबारे छलफल गर्न नेकपा सचिवालय बैठक बस्दै

    काठमाडौं, जेठ २६ । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) बारे छलफल गर्न सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक बस्दैछ । नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच हिजो बालुवाटारमा एक्लाएक्लै भेटघाट भएर आज सोमवार ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा नेकपा सचिवालयको बैठक बोलाइएको […]