२० बैशाख २०८१, बिहिबार
राजनीति

सरकारले दियो सुन्तलालाई राष्ट्रिय फलको मान्यता

काठमाडौँ । सरकारले सुन्तलालाई राष्ट्रिय फलको मान्यता दिएको छ । आज शुक्रबार बसेको मन्त्रिपरिषदको बैठकले सुन्तलालाई राष्ट्रिय फलको रुपमा मान्यता दिने निर्णय गरेको सरकारकी प्रवक्ता एवं सूचना तथा सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिइन् ।