६ आश्विन २०८३, मंगलबार

सर्वोच्चद्वारा रेशम चौधरीको आममाफी सदर


आममाफी सदर

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका संस्थापक नेता रेशम चौधरीको आममाफी सर्वोच्चले सदरले गरेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले दिएको आमाफीविरुद्ध परेको रिट खारेज गर्दै न्यायाधीशद्वय शारंगा सुवेदी र श्रीकान्त पौडेलको इजलासले आममाफी सदर गरेको हो ।

आममाफीविरुद्ध सर्वोच्च अदालत पुगेकी शारदा कडायतको रिट निवेदन खारेज भएको हो । कडायतले राष्ट्रपति कार्यालय, मन्त्रिपरिषद, गृह मन्त्रालय र रेशम चौधरीलाई विपक्षी बनाएकी थिइन् ।

२०८० साल जेठमा राष्ट्रपति पौडेलले संविधानको धारा २७६ अनुसार चौधरीलाई माफी दिने निर्णय गरेका थिए । चौधरीलाई तोकेको जन्मकैदको फैसला सदर हुने भनी सर्वोच्चले गरेको फैसलाको पूर्णपाठ तयार नभएको अवस्थामा राष्ट्रपति पौडेलले माफी मिनाहा दिएका थिए ।

चौधरीलाई आममाफी दिने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा रिट दायर भएको थियो । कडायत २०७२ भदौमा कैलालीको टीकापुरमा भएको हिंसात्मक घटनामा मारिएका इन्स्पेक्टर केशव बोहराकी पत्नी हुन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु