६ आश्विन २०८३, मंगलबार

प्रधानमन्त्री बालेनले अमेरिका जाँदा विमानस्थलमामा भीआईपी कक्षमा नबस्ने, सलामी नलिने


वालेन्द्र शाह

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले महानता देखाएका छन् । प्रधानमन्त्री शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज साँझ अमेरिका प्रस्थान गर्दैछन् ।

प्रधानमन्त्री शाहले विमानस्थलमा देखिने अर्को पुरानो परम्परासमेत तोड्ने भएका छन् । जसअनुसार विमानस्थलको भीआईपी लाउन्जमा परम्परागत औपचारिक बिदाइ समारोह आयोजना गरिनेछैन भने भीआईपी लाउन्जदेखि विमानसम्म जाने क्रममा रेड कार्पेट पनि हुनेछैन ।

उनको विदेश प्रस्थानको क्रममा केही नयाँ र रोचक लाग्ने दृष्य देख्न पाइने छ । उनले नेपाली सेनाको सलामी लिने छैनन् भने मन्त्रीसहितका सरकारी पदाधिकारी र उच्चपदस्थ कर्मचारीहरू लाइन लागेर बिदाइ गरेको दृष्य पनि देखिने छैन ।

प्रधानमन्त्री कार्यालयका अनुसार प्रधानमन्त्री विदेश जाँदा र फर्किँदा विगतमा जस्तो सरकारी पदाधिकारी तथा कर्मचारीहरू विमानस्थलमा ताँती लागेर बिदाइ तथा स्वागत गर्ने परम्परा अब तोडिनेछ ।

न्युयोर्क प्रस्थान गर्ने दिन पनि प्रधानमन्त्री बालेन बिहानैदेखि सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‍को कार्यालयमा काममा व्यस्त छन् । उनी आज साँझ करिब सवा ६ बजे बालुवाटारस्थित निवासबाट विमानस्थलतर्फ प्रस्थान गर्नेछन् । प्रधानमन्त्री बालेन विमानस्थल पुग्नुअघि नै उनका टोलीका सदस्यहरू विमानस्थल प्रवेश गरिसकेका हुनेछन् ।

प्रधानमन्त्री बालेनले भीआईपीहरू आउजाउ गर्ने बाटो प्रयोग गर्नेछन् । प्रधानमन्त्री शाहकी प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालका अनुसार प्रधानमन्त्री बालेन करिब सात बजे काठमाडौंबाट अमेरिकाका लागि प्रस्थान गर्ने कार्यक्रम छ ।

प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसंघको महासभामा जलवायु परिवर्तनका कारण नेपालले भोगिरहेको समस्याबारे अवगत गराउँदै जलवायु न्यायबारे कुरा राख्नेछन् । प्रधानमन्त्रीको बिदाइ तथा स्वागतका नाममा विमानस्थलमा सरकारी पदाधिकारीको ठूलो भिड देखिने गरेकोमा यसपटक त्यस्तो दृष्य नदेखिने स्रोतको भनाइ छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !