६ आश्विन २०८३, मंगलबार

बालेनलाई स्वर्णिमले दिए ‘द राइज एन्ड फल अफ ग्रेट पावर्स’ पुस्तक उपहार


बालेनलाई स्वर्णिमले दिए ‘द राइज एन्ड फल अफ ग्रेट पावर्स’ पुस्तक उपहार

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१ औं महासभामा भाग लिन गएपछि कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई दिइएको छ । प्रधानमन्त्री शाह राष्ट्रसंघको महासभामा भाग लिन आज साँझ ७ बजे अमेरिकाको न्यूयोर्क प्रस्थान गरेका छन् ।

उनले आफ्नो अनुपस्थितिमा कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्री वाग्लेलाई दिन आज राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेका थिए । उक्त सिफारिसका आधारमा राष्ट्रपति पौडेलले अर्थमन्त्री वाग्लेलाई कार्यवाहक प्रधानमन्त्री तोकेका हुन् ।

बालेनलाई स्वर्णिमले यात्राका क्रममा पढ्नका लागि ‘द राइज एन्ड फल अफ ग्रेट पावर्स’ पुस्तक छन् । प्रधानमन्त्री बालेन शाहकै कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री स्वर्णिम वाग्लेले बिदाइ गरेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !