६ आश्विन २०८३, मंगलबार

भरत दाहाललाई पक्राउ गर्नुको कारण पेश गर्न सर्वोच्चको आदेश


भरत दाहाल

काठमाडौं । सर्वोच्च अदालतले सरकारसँग राजनीतिक विश्लेषक भरत दाहाललाई पक्राउ गर्नुको कारण माग गरेको छ । सर्वोच्चका न्यायाधीश कुमार रेग्मीको इजलासले दाहाल पक्राउको लिखित कारण पेस गर्न आदेश दिएको हो ।

सर्वोच्चले दाहाललाई अदालतमा उपस्थित गराउन समेत सर्वोच्चले भनेको छ । दाहाल गत आइतबार असोज ४ गते मोरङको बेलबारीबाट पक्राउ परेका थिए ।
उनी पक्राउ परेपछि छोरी डेनिका दाहालले सर्वोच्चमा बन्दीप्रत्यक्षीकरणको रिट निवेदन दिएकी थिइन् ।

भूराजनीतिक विषयवस्तु र त्यसमा उच्चपदस्थ राजनीतिक संलग्नताबारे विवादास्पद अन्तर्वार्ता सामाजिक सञ्जालमा ‘भाइरल’ भएपछि दाहाल पक्राउ परेका थिए ।
उनको बन्दीप्रत्यक्षीकरण रिटमा सरकारको जवाफ आएपछि सर्वोच्चको संयुक्त इजलासबाट छाड्ने वा नछाड्ने विषयमा निर्णय हुने छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !