३१ असार २०८३, बुधबार
स्वास्थ्य

डब्लुएचओका महानिर्देशक गेब्रेयसस काठमाडौं आइपुगे

काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का महानिर्देशक डा.टेड्रोस अधानोम गेब्रेयसस बिहीबार काठमाडौं आइपुगेका छन् । महानिर्देशक गेब्रेयसस तीन दिने नेपाल भ्रमणको सिलसिलामा बिहीबार काठमाडौं आइपुगेका हुन् । महानिर्देशक गेब्रेयससलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सरकारी अधिकारीहरुले स्वागत गरेका थिए । नेपाल