१५ बैशाख २०८१, शनिबार

यस्तो बन्दैछ सुन्दर पर्यटकीय गन्तव्य फिक्कल, कन्याम, श्रीअन्तु सर्किट


कन्याम

पृष्ठभूमि : इलाम जिल्लामा अवस्थित फिक्कल कन्याम श्रीअन्तु सर्किट सरकारले छानेका १०० नयाँ पर्यटकीय गन्तब्यहरुको सूचीमा रहेको छ । फिक्कल–कन्याम–श्रीअन्तु सर्किट अन्तर्गत ईलामको फिक्कल बजार, कन्याम र श्रीअन्तु क्षेत्र पर्दछन । महाभारत र शिवालिक पर्वतशृङ्खलाको पूर्वदक्षिण काखमा अवस्थित नेपालको सुदूरपूर्वी पहाडी जिल्ला इलाम वास्तवमै प्राकृतिक दृष्टिले रमणीय छ । सांस्कृतिक, प्राकृतिक तथा आर्थिक पक्षहरूमा समृद्ध यो जिल्ला ‘पूर्वी पहाडकी रानी, नगदेबालीको खानी’ जस्ता उपनामले चिनिन्छ ।

परिचय

फिक्कल

फिक्कल बजार इलाम जिल्लाको पूर्वी भेकमा सूर्योदय नगरपालिकामा अवस्थित एक व्यापारिक केन्द्र हो । जिल्लाका पूर्वी क्षेत्रका किसानले उत्पादन गरेको अलैँची, अदुवा, कुचो, दूध, मटर, सागसब्जी र अन्य नगदेबाली बिक्री गर्ने यो बजार पर्यटनका लागि पनि त्यत्तिकै महत्वपूर्ण छ । दाजिलिङ्ग भएर नेपाल आउने भारतीय तथा तेस्रो मुलुकका पर्यटकका लागि फिक्कल आवासस्थल हो । नेपालबाट भारतको दार्जििलङ्ग घुम्न जाने नेपालकै पश्चिमी जिल्लाका पर्यटकहरू पनि फिक्कल भएर जाने गरेका छन् । कन्याम आएका पर्यटकहरूको बस्ने ठाउ पनि फिक्कल नै हो ।

फिक्कल

कन्याम

कन्याम पूर्वी नेपालको मनोरम पर्यटकीय केन्द्र हो । मनोरम चियाबारी भएको यो पर्यटकीय स्थलमा आन्तरिक तथा बाह्य पर्यटकहरूको घुइँचो लाग्ने गर्दछ । यो पूर्वी नेपालको लोकप्रिय वनभोज स्थल पनि हो। पर्यटनका लागि कन्याममा पिकनिक स्पट, दृष्यावलोकन, घोडचढी लगायतका सेवाहरू उपलब्ध रहेका छन् । कन्याम चिया बगानमा फोटो खिच्ने र घोडा चढ्ने काम पर्यटकहरुको प्रमुख आकर्षण हो ।

कन्याम

श्रीअन्तु

श्रीअन्तु इलामको एक पर्यटकीय गन्तव्य हो । अन्तु सूर्योदयको दृश्यावलोकनका लागि प्रसिद्ध छ । श्री अन्तु इलाम सदरमुकामदेखि ३२ कि. मि., झापाको चारआलीबाट ३५ कि.मी. र फिक्कलबाट १४ कि.मि. को दूरीमा रहेको छ । यहाँबाट राम्ररी सूयोदय देख्न सकिन्छ । बंगालको खाडीबाट उदाउँदै गरेको सूर्य कोक्रोमा बच्चा हल्लाए झै, आगोको डल्लोझैँ देखिदै आउँछ । अनि फक्रेको च्याउजस्तो, रथ दौडेझैँ चनाको दानाझैँ देखिन्छ । डाँडाको टुप्पो वा टावर जसलाई दीपेन्द्र शिखर पनि भनिन्छ । त्यहाँबाट बिश्वकै तेस्रो अग्लो कञ्चनजंगा हिमाल नेपालकै होचो झापाको केचना दृश्यावलोकन गर्न सकिन्छ ।

श्रीअन्तु

महाभारत र शिवालिक पर्वतशृङ्खलाको पूर्वदक्षिण काखमा अवस्थित नेपालको सुदूरपूर्वी पहाडी जिल्ला इलाम वास्तवमै प्राकृतिक दृष्टिले रमणीय छ । सांस्कृतिक, प्राकृतिक तथा आर्थिक पक्षहरूमा समृद्ध यो जिल्ला ‘पूर्वी पहाडकी रानी, नगदेबालीको खानी’ जस्ता उपनामले चिनिन्छ ।

पर्यटकीय महत्व

श्रीअन्तु डाँडामा लोपोन्मुख आदिवासी लेप्चा जाति अन्तुमा पनि रहेका छन् । उनीहरूको पौराणिक भेषभुषा, लवाई खवाई, हातहतियार, कला सँस्कृतिले पर्यटकलाई निकै आकर्षण गराँउछ । यहाँ अन्तु पोखरी, चिया बगान, हरियाली बनपाखा, फलफुलले जो कोहीलाई मनै लोभ्याउँछ । पोखरीमा नौका विहारको सुविधा रहेको छ । यँहाको नमुना पर्यटकीय बन देशकै पहिलो पर्यटकीय बन पनि भनिन्छ ।

प्राकृतिक सौन्दर्य

कन्यामबाट श्रीअन्तु, समालबुङ, पशुपतिनगरको हरियाली दृश्य देखिनुका साथै सगरमाथा, कुम्भकर्ण जस्ता विश्वमै ख्याती प्राप्त हिमालको मनोरम दृश्य देख्न सकिन्छ ।

पर्यटकिय सम्भावना

कन्याममा एउटा आधुनिक भ्यू टावर मात्रै बनाउने हो भने हालको भन्दा दोब्बर पर्यटकहरु कन्याम भित्र्याउन सकिन्छ । श्रीअन्तुुको पर्यटन विकासका लागि मेची पहाडी पर्यटन प्रवद्र्धन विकास समितिले सहयोग गर्दै आएको छ । सरकारको उचित सहयोग र प्राकृतिक श्रोत साधनको समुचित उपयोग गर्न सके श्रीअन्तु लोकप्रिय पर्यटकीय केन्द्र बन्ने निश्चित रहेको समाजशास्त्रीहरुको भनाई छ । श्रीअन्तु सूर्योदयको दृश्य हेर्न मात्र पर्यटक आउँदैनन् लोपोन्मुख लेप्चा जातिको कला, संस्कृति र साहित्यको अवलोक तथा अध्ययनका लागि पनि सयौं पर्यटक आउने गर्छन । श्रीअन्तुलाई पर्यटकीय केन्द्रका रूपमा विकास गर्न सरकारी र गैरसरकारी कार्यालयले पूर्वाधार निर्माणमा सहयोग गरिरहेका छन् ।

डाँडाको टुप्पो वा टावर जसलाई दीपेन्द्र शिखर पनि भनिन्छ । त्यहाँबाट बिश्वकै तेस्रो अग्लो कञ्चनजंगा हिमाल नेपालकै होचो झापाको केचना दृश्यावलोकन गर्न सकिन्छ ।

समस्याहरु

कन्याम पर्यटकिय गन्तव्य भएपनि प्रशस्त मात्रामा पानी छैन । पर्यटकहरु घुमफिर तथा बनभोजका लागि आउँदा पानी नपाएको गुनासो गर्ने गरेका छन भने सार्वजनिक शौचालयको अभावमा पर्यटकहरुलाई समस्या हुने गरेको छ । मानिसहरुको आवत–जावत बढेसँगै फोहोरमैलाको मात्रा समेत बढेको छ । कन्यामको अर्को समस्या भनेको पार्किङ्गको सुविधा नहुनु पनि हो । यी र यस्ता समस्याहरु माथि नगरपालिका र सम्बन्धित निकायको ध्यान जान सके र चाँडै यी समस्याहरु समाधान भएमा मात्र कन्यामलाई दिगो पर्यटकिय क्षेत्रको रुपमा विकसित गर्न सकिन्छ ।

घुमघाम गरौ आन्तरिक पर्यटन प्रवर्द्धन गरौ ! नेपाल भ्रमण बर्ष २०२० सफल पारौ !

यो पनि पढ्नुहोस् 

जाने होइन ताप्लेजुङको सुन्दर तिम्बुङ पोखरी

यस्तो बन्दैछ पर्यटकीय गन्तव्य गुरु फाल्गुनन्द सर्किट

मनै लोभ्याउने ताप्लेजुङको आकर्षक पर्यटकीय गन्तव्य फुङफुङे झरना

प्राकृतिक सौन्दर्यले भरिपूर्ण पाँचथरको आकर्षक पर्यटकीय केन्द्र जोरपोखरी


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !