१३ बैशाख २०८१, बिहिबार

प्राकृतिक सौन्दर्यले भरिपूर्ण पाँचथरको आकर्षक पर्यटकीय केन्द्र जोरपोखरी


जोरपोखरी पाँचथर

पृष्ठभूमि : सिंह र सिद्ध गरी दुईवटा पोखरी आमने सामने रहेकाले यी पोखरीलाई जोरपोखरी भनिएको हो । पछिल्लो समयमा सिंह पोखरीलाई भाले र सिद्धलाई पोथी भनेर वोलचालको भाषामा प्रयोग गर्न थालिएको छ । नेपाल सरकारले पर्यटकीय प्रबल सम्भावना भएका १०० स्थानहरुको पहिचान गरी पर्यटकीय गन्तव्यको रुपमा विकास गर्ने कार्यक्रम अघि बढाएको हो । यस अन्तर्गत संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले प्रर्वद्धन गर्नुपर्ने नयाँ १०० वटा पर्यटकीय गन्तब्यहरुमा पाँचथर जिल्लाको जोर पोखरीलाई पनि छनोट गरेको हो ।

परिचय

पाँचथर जिल्लाको हिलिहांग गाउँपालिकामा अवस्थित जोरपोखरी धार्मिक तथा पर्यटकीय सुन्दर स्थान हो । प्राचीन कालदेखि नै जोरपोखरीको धार्मिक महत्व सर्वत्र प्रचारित छ । यहाँ स्थापित शिवालय मन्दिर र धेरै पहिलेदेखि चल्दै आएको गुरुकूल शिक्षा यहाँ विशेष उल्लेखनीय छन् । यो पवित्र क्षेत्रमा विभिन्न समयमा धार्मिक अनुष्ठानहरु पनि हुने गर्दछन् । सो क्रममा देशभरका हिन्दू धर्मावलम्बीहरु यस क्षेत्रमा पुग्दछन् । यस पोखरीको नजिकै आगेजुङ गुम्वा, शिव गङगा, हिलिहाङ दरवार जस्ता धार्मिक एवं ऐतिहासिक स्थलहरू पनि छन् । झापाको विर्तामोडवाट इलाम, फिदिम हुँदै ताप्लेजुङ जोड्ने मेची राजमार्गले छोएका कारण यहाँ सहजै पुग्नो सकिन्छ ।

धार्मिक तथा सांस्कृतिक महत्व

हरेक वर्षको श्रावण १ गतेदेखि लगभग २ घण्टाको दुरीमा रहेको तमोर नदीबाट जल ल्याई शिवजीलाई चढाउने गरिन्छ । त्यसको लागि सबै गाउँपालिकाका इच्छुक व्यक्तिहरुलाई समावेश गर्ने गरी तालिका बनाई पानी ल्याउने र शिवलिङ्गमा चढाउने प्रचलन रहेको छ । यहाँका स्थानीयहरु आफूले तमोरबाट पानी ल्याई उक्त शिवालय मन्दिरमा चढाउन पाउँदा पुण्य प्राप्ति गरेको महशुस गर्दछन् । यो क्रम श्रावण महिनाभर चल्ने गर्दछ ।

जोरपोखरी पाँचथर

ऐतिहासिक तथा पौराणिक मान्यताहरु

ऐतिहासिक, पर्यटकीय तथा धार्मिक स्थल जोरपोखरीमा विभिन्न समयमा योगी तथा तपस्वीहरूले ध्यान जप गरेर सिद्ध प्राप्त गरेको एवं यहाँ आएर तपस्या गरेकोले यस स्थानलाई सिद्ध स्थल मानिछ । जिल्लाका ब्राह्मण समुदायको अगुवाइमा संरक्षण गरिँदै आएको जोर पोखरीमा यस अघि विभिन्न समयमा योगी तथा तपस्वीहरूले ध्यान जप गरेर सिद्ध प्राप्त गरेको एवं यहाँ आएर तपस्या गरे सिद्वी प्राप्त हुने विश्वास रहेकाले जोर पोखरी क्षेत्रलाई सिद्ध स्थल क्षेत्र भन्ने गरिएको किंवदन्ती छ । पोखरीमा पूजाअर्चना गरे रोग नलाग्ने जनविश्वास पाइन्छ ।

ऐतिहासिक, पर्यटकीय तथा धार्मिक स्थल जोरपोखरीमा विभिन्न समयमा योगी तथा तपस्वीहरूले ध्यान जप गरेर सिद्ध प्राप्त गरेको एवं यहाँ आएर तपस्या गरेकोले यस स्थानलाई सिद्ध स्थल मानिछ ।

प्राकृतिक सौन्दर्य

समुद्री सतहदेखि करिब १ हजार दुई सय मिटर उचाईमा पर्ने यस पोखरीदेखि सदरमुकाम फिदिम स्थित सुम्हात्लुङ मन्दिर, खलङगाटार याङनाम, महागुरु फाल्गुनन्दको तपोभूमी सिलौटी र लब्रेकुटी, तेजपुञ्जका नामले परिचित आगेजुङ गुम्बा, हिलिहाङ दरबार, कालापानी, कञ्चनजंघा र कुम्भकर्ण हिमाल एबं पुर्वको प्रशिद्व पाथीभरा देवी जस्ता दर्जनौं धार्मिक ऐतिहासिक र पर्यकटकीय स्थलको दृश्यावलोकन गर्न सकिन्छ ।

पर्यटकीय सम्भावना

पोखरीको संरक्षण सम्बद्र्धन गर्न सके यहाँ बाह्रैमास ढुङ्गा सञ्चालन गर्दै पर्यटक आकर्षित गर्नुका साथै त्यहाँ आएका पर्यटकलाई तमोेर नदीसम्म स्थलमार्ग र र्या्फ्टिंगमार्फत मुलघाटसम्म पुर्याउन सकिने सम्भावना रहेको छ ।

कसरी पुग्ने ?

पाँचथर सदरमुकाम फिदिमबाट लगभग २७ किलोमिटरको दुरीमा रहेको जोरपोखरी मेची राजमार्ग अन्तर्गत फिदिम ताप्लेजुङ सडकमै पर्दछ । यहाँ मोटरवाट सजिलै पुग्न सकिन्छ ।

घुमघाम गरौ आन्तरिक पर्यटन प्रवर्द्धन गरौ ! नेपाल भ्रमण बर्ष २०२० सफल पारौ !

यो पनि पढ्नुहोस् 

जाने होइन ताप्लेजुङको सुन्दर तिम्बुङ पोखरी

मनै लोभ्याउने ताप्लेजुङको आकर्षक पर्यटकीय गन्तव्य फुङफुङे झरना


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !