१४ बैशाख २०८१, शुक्रबार

यौन सम्पर्क गर्दा पीडा हुन्छ ? रोगको खतरा हुन्छ कि हुँदैन ?


sexual

वैकल्पिक यौन जोडी छ भने पनि स्थायी यौन जोडीसँग यौन सम्पर्क गर्न रुचाइँदैन । स्थायी जोडीसँग यौन सम्पर्क गर्न मन नलाग्न सक्छ । यौन सम्पर्क गर्दा पनि पीडा हुन्छ । व्यक्तिको स्वभाव र व्यवहार बडो परिवर्तनशील हुन्छ । स्वभाव र व्यवहार परिवर्तनशील हुने भएकाले एक व्यक्तिसँग मात्रै यौन सम्पर्क गर्न मन नलाग्न सक्छ । जुन व्यक्तिको नैसर्गिक स्वभाव पनि हो । यौन चाहना हुँदा र सम्पर्कमा सरिक भएपछि महिलामा यौन रसादी निस्किन्छ । यौन चाहना भएपछि ९९ प्रतिशत भन्दा बढी महिलामा योनिबाट रसादी निस्किन्छ । त्यसैले महिलाको योनिबाट रसादी निस्किएको छ भने यौन चाहना भएको मान्न सकिन्छ । योनिबाट रसादी निस्कँदा पनि यौन सम्पर्कको समयमा पीडा हुन्छ भने शारीरिक तथा मानसिक समस्या भएको हुन सक्छ । अधिकांश जोडीमा फरक–फरक समयमा यौन रसादी निस्कन्छ । जोडीले यौन रसादी निस्किएको वा ननिस्किएको स्वअध्ययन गर्न जरुरी छ । रसादी निस्के÷ननिस्के बारेमा थाहा पाउन पनि जरुरी छ ।

रोगको खतरा
यौन सम्पर्कमा समस्या र पीडा हुने धेरै कारण हुन्छन् । यौन सम्पर्क गर्दा पीडा हुने मुख्य कारण यौनाङ्गको संक्रमण हो । जोडीमध्ये एकलाई वा दुवैलाई यौनाङ्गको संक्रमण भएको छ भने यौन सम्पर्क गर्दा पीडा हुन्छ । पुरुषको लिंग सानो हुने, बाहिरी छाला नसुर्किने, पुरुषको लिंगमा संक्रमण हुने, अन्य घाउ खटिरा लगायतका कारणले यौन सम्पर्क गर्दा समस्या तथा पीडा हुुन्छ । पुरुषको लिंग पूर्ण रुपमा विकसित भएको छैन भने पनि यौन सम्पर्क गर्दा यौन जोडीमा मानसिक रुपमा पीडा हुन्छ । विशेष गरी महिलामा तल्लो पेट दुख्ने, यौनाङ्गको सर्भिक्समा सर्भिक्स सोथ (दुख्ने, पोल्ने, सुन्निने) भएको खण्डमा पनि यौन सम्पर्क गर्दा पीडा हुन्छ । लिंग वा योनिमा रातो, तातो, दुख्ने, सुन्निने र यौनाङ्गले काम नगर्ने अवस्था आए सम्बन्धित चिकित्सककहाँ यथासम्भव चाँडै गएर सल्लाह र उपचार गर्न जरुरी हुन्छ ।यौन सम्पर्कको समयमा पीडा भयो वा यौनाङ्गमा कुनै किसिमको समस्या छ भने हेलचेक्राईँ गरेर बस्नु उचित हुँदैन । यस्तो अवस्था आकस्मिक भने हैन ।

उत्तेजना नमिल्दा पीडा
विशेषगरी महिलाभन्दा पुरुष चाँडै उत्तेजित हुनु पनि पीडाको एउटा कारण हो । पुरुष चाँडै र महिला सुस्त उत्तेजित हुनाले पनि यौन सम्पर्क गर्दा पीडा हुन सक्छ ।

महिला भन्दा पुरुष चाँडै उत्तेजित हुनु स्वभाविक पनि हो । अधिकांश पुरुष यौन मामलामा सक्रिय हुन्छन् भने महिला निष्क्रिय हुन्छन् ।

हरेक पुरुष तथा महिलामा मौसमअनुसार शरीरका अङ्गको सक्रियता र निष्क्रियता हुन्छ । जसका कारण पनि यौन सम्पर्क गर्दा पीडा हुन सक्छ । त्यसको व्यावस्थापन एक आपसमा यौन जोडीले नै गर्नुपर्छ ।

हरेक असहज परिस्थितिलाई वातावरण अनुकूल गर्ने दायित्व जोडीको हो । मौसमका कारण यस्तो पीडा हुन्छ भन्ने पनि हुँदैन । गर्मीमा पीडा हुन् वा जाडोमा नहुने वा जाडोमा पीडा हुने र गर्मीमा नहुने भन्ने हुँदैन ।

नकारात्मक धारणा नराख्ने
विगत केही वर्षयता शैक्षिक पाठ्यपुस्तक, पत्रपत्रिका र सामाजिक सञ्जालको प्रयोगले मानिसमा यौनसम्बन्धी वैज्ञानिक जिज्ञासा बढ्दै जान थालेको छ र यो स्वाभाविक पनि हो ।

त्यसैले नेपालका सामाजिक अगुवा, धार्मिक गुरु, राजनीतिक कार्यकर्ताले यौन र यौन शिक्षालाई ज्ञानको भण्डारको रुपमा लिँदा समाज अगाडि बढ्न सक्छ । यौनसम्बन्धी नकारात्मक धारणा र अफवाह न्यूनीकरण गर्दै जान जरुरी छ ।

हरेक व्यक्तिका आ–आफ्नै किसिमका मानवीय अधिकार हुन्छन् । अधिकारभित्र आफूलाई चहलपहल गर्न स्वतन्त्र हुन्छन् । व्यक्तिले व्यक्तिगत तथा सामजिक उत्तरदायित्व भने भुल्नु हुँदैन । पीडा तथा असन्तुष्टि भयो भन्दैमा वैकल्पिक यौन जोडी रोज्नु उचित हैन । व्यवस्थापन गर्नु उपयुक्त हुन्छ ।-एजेन्सी


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !