, गङ्गा दशहरा, पद्मसम्भव जयन्ती तथा गुरुङ साँजपूजाको धार्मिक महत्व

गङ्गा दशहरा, पद्मसम्भव जयन्ती तथा गुरुङ साँजपूजाको धार्मिक महत्व

।।गङ्गा दशहरा।बौद्ध दशपारमिता एवं दशभूमि।वज्रगुरु पद्मसम्भव जयन्ती र गुरुङ साँजपूजा।।

डा. जगमान गुरुङ

डा. जगमान गुरुङ

ज्येष्ठ शुक्ल दशमी गङ्गा दशहराको नामबाट प्रसिद्ध छ किनभने ज्येष्ठ शुक्ल दशमीको दिन यस धर्तिमा गङ्गाको अवतरण भएको मानिएको छ । त्यसकारण ज्येष्ठ शुक्ल दशमीलाई गङ्गा दशहरा मानिएको हो । हिमालयमा गाईको मुखको आकृति भएको पर्वतबाट गङ्गाको उत्पत्ति भएको छ । गङ्गाको उत्पत्ति भएको स्थान गङ्गोत्तरीको नामबाट प्रसिद्ध छ।

भारतमा अनेकन् पवित्र नदीहरु छ्न् । ती पवित्र नदीहरुमा गङ्गा र यमुनालाई अति पवित्र मानिन्छ । गङ्गोत्तरीबाट गङ्गा र यमुनोत्तरीबाट यमुनाको जल प्रवाह हुन्छ र प्रयागमा आएर गङ्गा र यमुनाको मिलन हुन्छ । गङ्गा र यमुनाको सङ्गमस्थल प्रयागलाई पवित्र तीर्थस्थल मानिएको छ, जहाँ बाह्र वर्षमा महाकुम्भको मेला लाग्दछ । भारतमा गङ्गा र यमुनाको बीचको भू-भागलाई अन्तरवेदी मानिन्छ । यमुनाको पानी कालो र गङ्गाको पानी सेतो छ । प्रयागमा गएर हेर्यो भने यो कुरा प्रष्टसंग देखिन्छ ।

हिमालयमा गाईको मुखको आकृति भएको पर्वतबाट गङ्गाको उत्पत्ति भएको छ । गङ्गाको उत्पत्ति भएको स्थान गङ्गोत्तरीको नामबाट प्रसिद्ध छ ।

हिमवत्खण्ड नेपालमा कालीगण्डकी र सेतीगण्डकीको बीचको भू-भागलाई अन्तरवेदी मानिएको छ । भारतमा त केवल नदीको पानी मात्रै कालो र सेतो छ तर नेपालमा चाहिँ नदीको नाम नै काली (कृष्ण) गण्डकी र सेती (शुक्ल) गण्डकी छ । त्यसकारण भारतको अन्तरवेदी भन्दा नेपालको अन्तरवेदी विशिष्ट छ ।

भारतमा गङ्गा र यमुनाको बीचको भू-भागलाई अन्तरवेदी मानिन्छ । यमुनाको पानी कालो र गङ्गाको पानी सेतो छ । प्रयागमा गएर हेर्यो भने यो कुरा प्रष्टसंग देखिन्छ ।

तरति पापादिकं यस्मात् स: तीर्थ: ।। यो शास्त्र वचन छ। ज्येष्ठ शुक्ल प्रतिपदाबाट दशहरा स्नान शुभारम्भ हुन्छ र ज्येष्ठ शुक्ल दशमीमा दशहरा स्नान समापन हुन्छ । यस अवसरमा गङ्गास्नान पुण्यफल प्रदायक मानिएको छ । यस अवसरमा नेपालमा खासगरी गोसाइकुण्डको स्नान पुण्यफल प्रदायक मानिएको छ । यसैगरी गङ्गा दशहराका दिन रुरुक्षेत्रमा हृषिकेशोत्सवपर्व मनाइन्छ । त्यसै दिन बाजुराको बोहोडा बाबालाई जल चढाइन्छ ।

हिमवत्खण्ड नेपालमा कालीगण्डकी र सेतीगण्डकीको बीचको भू-भागलाई अन्तरवेदी मानिएको छ । भारतमा त केवल नदीको पानी मात्रै कालो र सेतो छ तर नेपालमा चाहिँ नदीको नाम नै काली (कृष्ण) गण्डकी र सेती (शुक्ल) गण्डकी छ । त्यसकारण भारतको अन्तरवेदी भन्दा नेपालको अन्तरवेदी विशिष्ट छ ।

गङ्गा दशहरासंग बौद्ध धर्म र संस्कृतिको पनि सम्बन्ध रहेको छ । बौद्ध धर्ममा दशपारमिता र दशभूमिको अवधारणा र मान्यता छ । प्रारम्भमा बौद्ध धर्ममा षट्पारमिता अथवा ६ वटा पारमिता मात्र थिए । कालान्तरमा षट्पारमितामा चार वटा पारमिता थपेर दशपारमिताको अवधारणा विकास भयो । दशपारमितासंग दश्भूमिको अन्तर सम्बन्ध रहेको छ । महायान बौद्ध धर्मको नव व्याकरण सूत्रमा दशभूमिक सूत्रलाई तेस्रो सूत्रको रुपमा मानिएको छ । दशभूमिकसूत्रमा दशपारमिता र दशभूमिको अन्तर सम्वन्धको व्याख्या गरिएको छ ।

दशपारमितामध्ये एउटा पारमिता पार गरेपछि एउटा भूमिमा पुगिन्छ । एवं प्रकारले दशपारमिता पार गरेपछि दशभूमिमा पुगिन्छ । वज्रयानको चरम विकाश भएपछि दशभूमिमा ३ वटा भूमि थपेर त्रयोदशभुवनको अवधारणा विकाश भयो, जस्तै-
१. दान पारमिता — प्रमुदिताभूमि
२. शील पारमिता — विमलाभूमि
३. क्षान्ति पारमिता — प्रभाकरीभूमि
४. वीर्य पारमिता — अर्चिष्मतिभूमि
५. ध्यान पारमिता — सुदूर्जयाभूमि
६. प्रज्ञा पारमिता — अभिमुखीभूमि
७. उपाय कौशल पारमिता — दूरङ्गमाभूमि
८. ईश्वर प्रणिधान पारमिता — अचलाभूमि
९. बल पारमिता — साधुमतीभूमि
१० ज्ञान पारमिता — धर्ममेघाभूमि
११.————- —– समन्तप्रभाभूमि
१२.—————— निरुपमाभूमि
१३.——————- ज्ञानवती (वज्रभूमि )

दानपारमितादेखि पाचौँ ध्यानपारमिता पार गरेर सुदूर्जयाभूमिमा पुगेका साधक श्रावकयानी कहलाउँदछ । सातौँ उपाय कौशलपारमिता पार गरेर दूरङ्गमाभूमिमा पुगेका साधक अभिसंबोधी कहलाउँदछ । दशपारमिता पार गरेर एघारौँ समन्तप्रभाभूमिमा पुगेका साधक महायानी कहलाउँदछ र दशपारमिता पार गरि तेह्रौँ ज्ञानवती ( वज्रभूमि ) मा पुगेका साधक वज्रयानी कहलाउँदछ ।

ज्येष्ठ शुक्लदशमी वज्रगुरु पद्मसम्भव जयन्ती हो । त्यसकारण बौद्ध धर्म र संस्क्रुतिसंग गङ्गा दशहराको सम्बन्ध रहेको छ । वज्रगुरु पद्मसम्भव उड्डियानका राजा इन्द्रभूतिका छोरा हुन् । वज्रगुरु पद्मसम्भवले दक्षिण भारतको आन्ध्र प्रदेश, धान्यकटकको श्रीशैल मल्लिकार्जुन शिव विराजमान भएको सिद्धभूमिमा वज्रयानको साधना गरेर वज्रगुरु कहलाए । धान्यकटक, श्रीशैलबाट वज्रगुरु पद्मसम्भव नालन्द महाविहार आए । त्यहाँबाट वज्रगुरु पद्मसम्भव नेपाल आएर फर्पिङको ऋषितरगुफा आदि स्थानहरुमा साधनागरी डाकिनीहरुलाई वशमा पारेर भोट देशमा गई लामा बौद्ध धर्मको स्थापना गरे । अत: लामा बौद्ध धर्ममा वज्रगुरु पद्मसम्भवलाई दोस्रा बुद्ध, त्रिकाल बुद्ध र भगवान् बुद्धको निर्माण काय (अवतार स्वरुप) मानिन्छ । यस्ता वज्रगुरु पद्मसम्भवको सन्दर्भमा छुट्टै आलेखमा विवेचना गरिनेछ ।

वज्रगुरु पद्मसम्भवको जन्म दिन ज्येष्ठशुक्लदशमी दशहराका दिन गुरुङहरु साँजपूजा गर्दछ्न् । साँजलाई कतै साँदु भनेको पनि पाइन्छ । गुरुङका ल्ह्येबृँ ( घ्याबृँ) पुरोहितले गाउँको प्रत्येक घरमा गएर साँजपूजा गर्दछ ।

ज्येष्ठ शुक्लदशमी वज्रगुरु पद्मसम्भव जयन्ती हो । त्यसकारण बौद्ध धर्म र संस्क्रुतिसंग गङ्गा दशहराको सम्बन्ध रहेको छ ।

खेतबारीमा काम गर्दा हलोको फालिको टुप्पाले फेला पारेको, कुटोको टुप्पाले फेला पारेको र आँसिको टुप्पाले फेला पारेको आदि घटनाबाट कुनै जीवको हत्या भएको छ भने त्यसको दोष नलागोस्, राम्ररी जूठो सूतक बार्न नसकेको भएपनि त्यसको दोष नलागोस्, घरमा राम्ररी चोखो नीति हुन नसके पनि घर शुद्ध होस्, बीउ विजन र बालिनालिमा किरा फट्याङग्रा नलागोस् मानिस र वस्तु भाउमा रोग व्याध नलागोस्, अन्न बाली सप्रोस् घर र घरका जहान परिवारको शुद्ध शान्ति र रक्षा होस् भन्ने कामनाले साँहपूजा गरिन्छ ।

साँजपूजा गर्दा ल्ह्येबृँ (घ्याबृँ ) घरको सिकुवामा चोयाको स्याखु (घुम) ओछ्याएर बस्दछ।शास्त्र फलाकी सकेपछि काँसको डबकामा राखेको चामलको पिठो र पानी घोलेर बनाएको पानीलाई रुरुको डालाले सिकुवाको गारोमा छर्किदिन्छ । त्यस अवसरमा घ्ताबृँले आलो असला माछा पनि शगुनको रुपमा आफुसंगै ल्याएको हुन्छ । यसरी साँजपूजा गरेपछि जीवहत्या र अशुद्धिको दोष मेटिन्छ भन्ने मान्यता छ ।

गुरुङहरु आलो माछालाई वर्षा अथवा आर्द्रताको प्रतीक मान्दछन् । चैतमा भूमेपूजा गर्दा यदि सुख्खा खरेडी परेको छ भने पानी पार्देउ भनेर भूमे देउतालाई आलो असला माछा चढाउँछ । यदि झरी बादल भएको छ भने झरी बादल हटाइदेउ, घाम लगाइदेउ भनेर भूमे देउतालाई सुकेको असला माछा चढाउँदछ । आलो माछामा आर्द्रता हुन्छ र सुकेको माछामा आर्द्रता हुँदैन । यसरी गुरुङ्हरुले आलो र सुकेको असला माछालाई पानीको आर्द्रताको प्रतीकको रुपमा मानेको पाइन्छ ।

गाउँको शिरानमा डाँफे चरन हिमाल हुनु र गाउँको तलतिर माछा चरन धनहार बेसी हुनु यो गुरुङ बस्तीको विशेषता हो । यसरी प्रकृतिका पूजारी गुरुङहरुले जैविक विविधताको सदुपयोग गरेको पाइन्छ । दशहराका दिन गुरुङहरु डाले घाँस र फलफूलका बोट विरुवाहरु रोप्दछन्, किनभने दशहरादेखि भूइँको आर्द्रता बढ्दछ र पानी पनि पर्छ र बोट विरुवाहरु राम्ररी सर्दछ्न् ।

यसैगरी गुरुङहरुमा दशहराको दिनमा माँ कुदु (कुप्री बज्यै) ले गिठा भ्याकुर रोप्दछ । त्यसकारण दशहरादेखि गिठा, भ्याकुर खन्न हुँदैन भन्ने मान्यता छ । गिठा एक खालको डल्लो र तितो कन्द हो । गिठालाई चाना चाना पारेर खरानी पानीमा पकाउनु पर्छ । खरानी पानीमा पकाए पछि गिठाको विषादी अंश निर्मूल हुन्छ । दशहराको दिनमा खरानी पानीमा पकाएको तितो गिठा खाएपछि पेटको कृमि मर्छ र त्यसपछि मानिस स्वस्थ्य हुन्छ ।

हिन्दू धर्म, बौद्ध धर्म र बोन धर्म र संस्कृतिको त्रिवेणी गङ्गा दशहरा पर्व हो ।

यसरी गुरुङहरुले दशहरालाई हत्यामोचनपर्व, शुद्धशान्ति र वन एवं अन्न वालिको संरक्षण दिवसको रुपमा मानेको पाइन्छ । त्यसकस्रण यस्ता पर्वहरुको मर्म र त्यस भित्रको वैज्ञानिकतालाई बुझेर तदनुरुपको नीति तथा कार्यक्रम बनाएर चल्न सके अहिंसा मतको प्रचार प्रसार, वातावरणको शुद्धिकरण र वन संपदाको संरक्षण भई अन्न वाली सप्रेर मानिसको जीवन समृद्ध र सुखमय हुनेछ ।

यसरी हिन्दू, बौद्ध र बोन धर्म र संस्कृतिको त्रिवेणी गङ्गा दशहराले मानिसको पाप, दुर्गुण र दोष पखालोस्, अज्ञान तिमिर नाश गरोस्, मानिसमा सदज्ञान र सद्बुद्धिको अभिवृद्धी होस् र समस्त विश्व समृद्ध र सुखमय होओस् ।।
।।शुभम् ।।

*डा. जगमान गुरूङ नेपाल प्रज्ञा-प्रतिष्ठानको प्राज्ञ तथा उपकुलपति हुनुहुन्छ ।

यो पनि पढ्नुहोस्

नेपालको गौरव र नेपालीको स्वाभिमान : नेपालको राष्ट्रिय झण्डा

नेपाल राष्ट्रका लागि जागौँ 

वैशाख शुक्ल पूर्णिमा र घाटु नृत्य नाटिका

वैशाख शुक्ल पूर्णिमा – सिद्ध गोरखनाथ जयन्ती

वैशाख शुक्ल पूर्णिमा – लुम्बिनी

वैशाख शुक्ल पूर्णिमा – कूर्म जयन्ती

वैशाख शुक्ल पूर्णिमा र यसको महत्त्व