६ बैशाख २०८१, बिहिबार

वैशाख शुक्ल पूर्णिमा – कूर्म जयन्ती


वैशाख शुक्ल पूर्णिमा - कूर्मजतन्ती
डा. जगमान गुरुङ
डा. जगमान गुरुङ

वैशाख शुक्ल पूर्णिमा कूर्म जयन्ती पनि हो । जल र थल दुबैमा रहने कुर्म अथवा कछुवालाई भगवान् विष्णुको दोस्रो अवतार मानिएको छ । यसैगरी कूर्मलाई यश जगतको आधार मानिएको छ । भारतीय एवं चिनियाँ-तिब्बती ज्योतिषशास्त्रमा कूर्मचक्रलाई आधार मानेर शकुन बिचार गरेर फलादेश गर्ने विधान छ ।

यसरी कूर्मचक्रले एशिया महाद्वीपका हिमालयदेखि उत्तर र दखिनका दुई ठूला चिनियाँ एवं भारतीय सभ्यता र संस्कृतिलाई एकसाथ जोडेको छ । देवघाटमा कूर्म अथवा कछुवाको जीवाश्म रहेकोछ । कत्ला कत्ला परेको यस जीवाश्मलाई चक्रशिलाको रुपमा पूजा गरिन्छ । यस प्रकारको कूर्म जीवाश्मको प्राप्तिले नेपालको ईज्जत बढाएको छ ।

वैशाख शुक्ल पूर्णिमा कूर्म जतन्ती पनि हो । जल र थल दुबैमा रहने कुर्म अथवा कछुवालाई भगवान् विष्णुको दोस्रो अवतार मानिएको छ ।

वैशाख शुक्ल पूर्णिमाको दिनमा बुद्ध जन्मभूमि लुम्बिनी र काठमाण्डौको स्वयम्भूस्थित आनन्दकुटी बिहारमा बुद्ध जयन्ती सम्बन्धी कार्यक्रमको आयोजना गरिएको हुन्छ । यसका अतिरिक्त विभिन्न बिहार, गुम्बा, संघ संस्था र टोलहरुमा पनि बुद्ध जयन्ती कार्यक्रमको आयोजना गरिएको हुन्छ ।

वैशाख शुक्ल पूर्णिमा अर्थात् चण्डी पूर्णिमाका दिन बनेपामा भव्य रुपले चण्डेश्वरीको रथ यात्रा गरिन्छ । काठमाण्डौको टुँडिखेलस्थित भद्रकालीपीठ, थापाथलीको देवीपान्चायनस्थन आदि शाक्तपीठहरुमा देवाली पूजा गरिन्छ ।

यस अवसरमा भोजपुरको साल्पापोखरी, ईलामको आइतवारे, ललितपुरको गोटिखेलस्थित वैतरणी धाममा मेला लाग्दछ। यही दिन जाजरकोटको बिजुली डाँडास्थित मष्टस्थानमा मष्ट देवताको पूजाआजा सहित ठूलो मेला लाग्दछ । मष्ट परम्परा खस संस्क्रुतिको मुख्य विशेषता हो । मष्ट परम्परामा बाह्रभाइ मष्ट, नौ बहिनी भवानी र तिनका मामा लामा-विष्णु पूजनीय छन् ।

वैशाख शुक्ल पूर्णिमा अर्थात् चण्डी पूर्णिमाका दिन बनेपामा भव्य रुपले चण्डेश्वरीको रथ यात्रा गरिन्छ । काठमाण्डौको टुँडिखेलस्थित भद्रकालीपीठ, थापाथलीको देवीपान्चायनस्थन आदि शाक्तपीठहरुमा देवाली पूजा गरिन्छ ।

गुरुङहरुको पुरानो चलन अनुसार वैशाख पूर्णिमाको बिहान वायु पूजा गर्ने चलन छ । गाउँ बाहिर वन वुटामा पखेरामा वायुथान बनाएको हुन्छ । यदि महिला वायु छ भने रातो धजा चढाएर कुखुराको पोथीको भोग चढाइन्छ । यदि पुरुष वायु छ भने सेतो धजा चढाएर कुखुराको भालेको भोग चढाइन्छ । वायुपूजा गरेको मासु र भात वन वुटामा नै खाएर आउने चलन छ । अर्घौँ गरेपछि वायुलाई शान्त गरिन्छ । वायु शान्त गरेपछि वायुपूजा गरिरहन पर्दैन ।

गुरुङहरुको पुरानो चलन अनुसार वैशाख पूर्णिमाको बिहान वायुपूजा गर्ने चलन छ । वायु शान्त गरेपछि वायुपूजा गरिरहन पर्दैन ।

वैशाख शुक्ल पूर्णिमा अर्थात् चण्डी पूर्णिमाको एउटा रौनक चण्डी नाच हो । किराँतहरु वैशाख पूर्णिमा अथवा चण्डी पूर्णिमालाई उँभौली पूर्णिमाको रुपमा चाड मान्दछन् । लिम्बूहरुको धान नाचको उठान धान्य पूर्णिमा अर्थात् मंसिरे पूर्णिमाको दिनमा हुन्छ । राईहरुको चण्डी नाचको उठान वैशाखे पूर्णिमा अर्थात् चण्डी पूर्णिमाबाट हुन्छ ।

वैशाख शुक्ल पूर्णिमा अर्थात् चण्डी पूर्णिमाको एउटा रौनक चण्डी नाच हो । किराँतहरु वैशाख पूर्णिमा अथवा चण्डी पूर्णिमालाई उँभौली पूर्णिमाको रुपमा चाड मान्दछन् ।

ढोल झ्याम्टाको तालमा गीत गाउँदै द्रुततर गतिले नाचिने चण्डी नाच बडो चट्किलो र फुर्तिलो हुन्छ । महिला र पुरुष सरावरी नाचिने यो नाचमा चमर पनि डोलाइन्छ । नाचथलाको बीचमा रुखको हाँगा गाडेर त्यहाँ बिजुवाले मुन्धुमको विधि गर्छन् । अहिले पूर्वान्चलको खम्बूवान र लिम्बूवानका अतिरिक्त ललितपुरको हात्तीवन र काठमाण्डौको टुँडिखेलमा पनि चण्डीनाचको आयोजना गरिन्छ । नेपालका अतिरिक्त विदेशमा पनि चण्डीनाचको आयोजना गरिएको पाइन्छ ।

लिम्बूको के, राईको केन, नेवारको धिमे र गुरुङको त्हउँदु यी विभिन्न नामबाट जानिने विविध प्रकारका ढोल र यस्ता ढोल र झ्याम्टा बजाएर नाचिने नाच किरात कालिन बाजा र नाच हुन् । यसरी यी बाजा र नाचले नेपालको पूर्वान्चल, मध्यमान्चल र पश्चिमान्चललाई समन्वय गराएको छ । समन्वय, सहिष्णुता र सह-अस्तित्व नै नेपाली समाजको आदर्श र नेपाली संस्कृतिको मर्यादा हो । हाम्रा चाडपर्व, नृत्य, सामाजिक आदर्श र सांस्कृतिक मर्यादाले हामीलाई एकसाथ मिलेर बाँच्न सिकाएको छ ।

समन्वय, सहिष्णुता र सह-अस्तित्व नै नेपाली समाजको आदर्श र नेपाली संस्कृतिको मर्यादा हो । हाम्रा चाडपर्व, नृत्य, सामाजिक आदर्श र सांस्कृतिक मर्यादाले हामीलाई एकसाथ मिलेर बाँच्न सिकाएको छ ।

*डा. जगमान गुरूङ नेपाल प्रज्ञा-प्रतिष्ठानको प्राज्ञ तथा उपकुलपति हुनुहुन्छ ।

यो पनि पढ्नुहोस्

वैशाख शुक्ल पूर्णिमा र यसको महत्त्व

पापेन पापं भवति, पुण्येन पुण्यं भवति

अमूर्त सांस्कृतिक सम्पदा र मन्त्रविद्या

नेपालको एकीकरण र तान्त्रिक साधना

समन्वयको परिवेशमा विकसित नेपाली राष्ट्रियता


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !